बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

गरिमा विकास बैंकको सेयर मूल्यमा एक वर्षदेखि उतारचढाव, लगानीकर्ता नाफामा कि घाटामा?

शनिबार, चैत ५ २०७८
गरिमा विकास बैंकको सेयर मूल्यमा एक वर्षदेखि उतारचढाव, लगानीकर्ता नाफामा कि घाटामा?

काठमाडौं- दोस्रो बजारमा गरिमा विकास बैंकको सेयर मू्ल्यमा एक वर्षदेखि उतारचढाव जारी छ। पछिल्लो समय केही ठूला लगानीकर्ताले उचालेर माथि पुर्‍याउने र पुनः बिक्री गरेर बाहिरिने गर्दा साना लगानीकर्ता सधैँ मारमा पर्दै आएका छन्।

लाभांशको हिसाबले राम्रै भएकाले न्यूनतम मूल्यमा सेयर किन्नेहरू खासै घाटामा देखिँदैनन्। तर सेयर मूल्य उचालिएको समयमा किनेकाहरूले भने ५० प्रतिशतभन्दा बढी लगानी गुमाइसकेका छन्। 

साताको अन्तिम दिन बुधबार गरिमा विकास बैंकको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँ घटेर ५५८ रुपैयाँ कायम भएको थियो। एकवर्ष अगाडि बैंकको सेयर मूल्य २९६ रुपैयाँबाट ७५० रुपैयाँसम्म पुगेको थियो।  

बुधबार पनि २ लाख १७  हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको थियो। ने कारोबार धेरै हुने सूचीमा दोस्रो नम्बर परेको थियो। बुधबार बैंकको १२ करोड रुपैयाँ २४ लाख रुपैयाँ रहेको छ। बैंकको हाल चुक्ता पुँजी ४ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। बैंकले सेयरधनीलाई १६ प्रतिशत सेयर लाभांश दिइसकेको छ। गत वर्ष १४.२१ प्रतिशत लाभांश दिएको थियो। 

विकास बैंकहरूको अग्रणी वित्तीय संस्था गरिमा विकास बैंक सधैँ सेयर लगानीकर्ताहरूको आकर्षणमा पर्ने गरेको छ। लगातार आकर्षक लाभांश वितरण गर्दै आएको गरिमा विकास बैंकले चालु आर्थिक वर्षको  ६ महिनाको वित्तिय विवरण अनुसार गरिमाले ४९ करोड २९ लाख रूपैयाँ खुद नाफा कमाएको थियो। 

त्यस्तै ६ महिनामा गरिमाले ६५ अर्ब ७५ करोड निक्षेप संकलन गर्दा ५८ अर्ब ७१ करोड ऋण प्रवाह गरेको थियो।  गरिमाले ब्याजबाट ६ माहिनामा १ अर्ब १७ करोड रूपैयाँ आम्दानी गरेको थियो।  

प्रतिसेयर आम्दानी गरिमाको २४.९७ रूपैयाँ रहेको छ। त्यस्तैगरी रिजर्भमा गरिमाको १ अर्ब १२ करोड रूपैयाँ रहेको छ। 


प्रकाशित : शनिबार, चैत ५ २०७८०१:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend