शनिबार, साउन १७ गते २०८२    
शनिबार, साउन १७ २०८२
images
images

चीनको युनानमा बन्यो संसारकै लामो सस्पेन्सन पुल

images
शुक्रबार, चैत ४ २०७८
images
images
चीनको युनानमा बन्यो संसारकै लामो सस्पेन्सन पुल
images
images

काठमाडौं-  चीनको युनान प्रान्तमा संसारकै लामो सिंगल सस्पेन्सन मोटर पुल निर्माण भएको छ। २०१९ मा निर्माण थालिएको उक्त पुल हालै निर्माण सम्पन्न भएको सीएनएनले लेखेको छ। 

images

एकै टावरमा अडिएको र एकै सस्पेन्सनमा बनेको यो पहिलो मोटर पुल भएको समाचारमा उल्लेख छ। उक्त पुल ७ सय ९८ मिटर लामो रहको छ। यो पुलले विश्वमा बनेका अन्य कयौं पुलहरुको रेकर्ड ब्रेक गरेको छ। 

images
images

सो पुल चट्टानमा सुरुङ बनाएर सवारी पास हुने गरि निर्माण गरिएको छ। १ सय ५६ मिटर अग्लो एउटै टावरले पुललाई अड्याएको छ भने अर्को तर्फ लठ्ठाले नै अड्याउने गरि निर्माण भएको छ। खोला र पुल निर्माण स्थलको उचाइ ३ सय २० मिटरको रहेको छ। पुल अड्याउन बनेको एउटा पिलर खोलाभन्दा केही मिटर माथि बनाइएको छ। 

images
images
images

यो पुलमा १ सय किलोमिटर प्रतिघण्टाको गतिमा गाडी कुदाउन पाइने छ। २०२२ को अप्रिल अन्त्यबाट यो पुल हुँदै सवारी चलाउन दिइने छ। 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend