शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बैंकहरूमा निक्षेप आउने दर गत वर्षको भन्दा २ खर्ब १५ अर्बले घट्यो, फागुनमा भने २२ अर्ब बढ्यो

images
शुक्रबार, चैत ४ २०७८
images
बैंकहरूमा निक्षेप आउने दर गत वर्षको भन्दा २ खर्ब १५ अर्बले घट्यो, फागुनमा भने २२ अर्ब बढ्यो
images
images

काठमाडौं- निरन्तर ओरालो लागिरहेको निक्षेप दरमा फागुनमा भने केही राहत भएको छ। फागुन महिनामा वाणिज्य बैंकहरूमा निक्षेप २२ अर्बले बढेको छ। वाणिज्य बैंकहरूमा फागुन महिनामा २२ अर्ब रुपैयाँले निक्षेप बढेको हो। फागुनमा महिनामा ऋण १७ अर्ब रुपैयाँ मात्रै जारी भएको छ। 

images
images
images

असारयता बैंकहरूमा निक्षेप १ खर्ब ३२ अर्ब रुपैयाँले मात्रै बढेको छ। गत असारमा ४२ खर्ब १ अर्ब निक्षेप रहेकोमा फागुन मसान्तमा आइपुग्दा ४३ खर्ब ३३ अर्ब पुगेको छ। गत वर्ष यो अवधिमा निक्षेप ३ खर्ब ४७ अर्ब थपिएको थियो। आठ महिनामा गतवर्षको तुलनामा २ खर्ब १५ अर्बले निक्षेप घटेको छ। 

images
images

यता ऋण प्रवाह पनि असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब रहेकोमा फागुन मसान्तसम्म ४ खर्ब ५१ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ। असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब ऋण प्रवाह भएकोमा फागुन मसान्तसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष यो अवधीमा बैंकहरूले ५ खर्ब ३४ अर्ब ऋण प्रवाह भएको थियो। बैंकहरूको ऋण प्रवाहको अनुपात भने गत वर्ष भन्दा ८३ अर्ब रुपैयाँले मात्रै कमी हो।

images
images

नेपाल बैंकर्स संघले उपलव्ध गराएको तथ्यांकअनुसार कुन निक्षेप ४३  खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। गत माघ २९ गतेसम्म ४३ अर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा फागुन मसान्तमा आइपुग्दा बढेर ४३ अर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तैगरी माघ मसान्तसम्म ४१ खर्ब ५९ अर्ब ऋण प्रवाह भएकोमा फागुन मसान्तसम्म ४१ खर्ब ७२ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ। 

पछिल्लो फागुन २७ देखि ३० गतेसम्मनै निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। ऋण ३ अर्ब रुपैयाँ मात्रै प्रवाह भएको छ। साउनमा निक्षेप ७८ अर्बले घटेको थियो। भदौमा ४८ अर्बले बढेको थियो। त्यस्तैगरी असोजमा ९८ अर्बले निक्षेप बढ्दा कात्तिकमा ३६ अर्बले घटेको थियो। मंसिरमा ४ अर्ब बढेको निक्षेप पुसमा ८७ अर्बले बढेको थियो। माघमा पुन: १३ अर्बले घटेको निक्षेप फागुनमा २२ अर्बले बढेको हो। 

साउनमा ४३ अर्ब ऋण प्रवाह हुँदा भदौमा १ खर्ब ८ अर्बले ऋण प्रवाह गरेका थिए। त्यस्तै असोजमा १ खर्ब २६ अर्ब ऋण प्रवाह हुँदा कात्तिकमा ३६ अर्ब, मंसिरमा ५० अर्ब, पुसमा ५९ अर्ब, माघमा १२ अर्ब र फागुनमा १७ अर्ब ऋण प्रवाह भएको छ।


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend