काठमाडौं-अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई बोनस र हकप्रद सेयर दुबै दिने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत अनुपातमा हकप्रद सेयर जारी गर्ने कम्पनीको प्रस्ताव गरेको छ।
सञ्चालक समितिको बिहिबारको बैठकले आगामी असोज ११ गते बुक क्लोज तय गरेको हो। यससँगै असोज ११ गतेसम्म कायम सेयरधनीहरु कम्पनीको बोनस र हकप्रद सेयर लिन पाउने छन्।