शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

डेटा सेन्टरलाई पनि हतियारकै रूपमा देख्न थालियो

मंगलबार, फागुन १९ २०८२
डेटा सेन्टरलाई पनि हतियारकै रूपमा देख्न थालियो

युद्धभन्दा दुईदिनअघि कम्पनीले निगरानी र स्वचालित हतियारको नियन्त्रणमा आफूले अनुमति दिने भन्दै सम्झौता रद्ध गरे पनि ३ महिनाको संक्रमणकालीन व्यवस्था अनुसार उपयोग भएको छ।

काठमाडौं- हिजोसम्म डेटा सेन्टरलाई सञ्चारको एक आधारभूत पूर्वाधारका रुपमा हेरिन्थ्यो। जस्तासुकै युद्धमा पनि त्यस्ता पूर्वाधार सुरक्षित हुन्थे। त्यही कारणले डेटा सेन्टरको निर्माण गर्दा प्राकृतिक प्रकोप र ह्याकरको जोखिमबाट बचाउनका लागिमात्र सुरक्षा कबजको कल्पना गरिन्थ्यो।

हालैमात्र अमेरिका-इजरायलले इरानमाथि जुन आक्रमण गरे र त्यसको प्रतिकारमा उत्रिएको इरानले जसरी पूर्वाधारालाई टार्गेट बनायो त्यसपछि भने यो धारणा र अवस्थिति पूरै बदलिएको छ। 

इरानले अमेरिकी बहुराष्ट्रिय कम्पनीको नियन्त्रणमा रहेका केही डेटा सेन्टरमा आक्रमण गरिदिएको छ। इरानले प्रष्ट भनेको छ कि यदि तिमीहरूले युद्धमा एआईको प्रयोग गर्छौं भने डेटा सेन्टरलाई हामी पनि हतियारकै रुपमा बुझ्छौँ। त्यही भएर उसले डेटा सेन्टरलाई आफूमाथि आक्रमण गर्ने घातक हतियारका रुपमा परिभाषित गर्दै हमला गरिदिएको छ। 

गल्फ देशमा रहेका सयौँ डेटा सेन्टर अहिले इरानको टार्गेटमा परेका छन्। यस्तो हुनका पछाडि पछिल्लो समय अमेरिकाले युद्धमा एआईको प्रयोग गरेका कारण हो। अमेरिकाले एन्थ्रोपिकको क्लड एआईको रक्षा मोडल उपयोग गरेको छ। युद्धभन्दा दुई दिनअघि कम्पनीले निगरानी र स्वचालित हतियारको नियन्त्रणमा आफूले अनुमति दिने भन्दै सम्झौता रद्द गरे पनि तीन महिनाको संक्रमणकालीन व्यवस्थाअनुसार उपयोग भएको छ। 

युद्धमा एआईको प्रयोगलाई कानूनीमात्र भन्दा पनि नैतिक सीमामा राख्नुपर्ने तर्क गर्दै कम्पनीले अस्वीकार गरेपछि अमेरिकी सरकारसँग अहिले ओपन एआईले सम्झौता गरिसकेको छ। ओपन एआईको सम्झौता भएपनि अहिलेसम्म उपयोग भने एन्थ्रोपिककै भइरहेको छ। एआईको प्रयोग भएपछि इरानले यसको प्रतिउत्तर डेटा सेन्टरमा आक्रमण गरेर दिएको छ। 

अबदेखि यस्ता डेटा सेन्टरलाई युद्ध आक्रमणबाट बचाउनेगरी हुनुपर्ने भएको छ। प्रविधिको विस्तार युद्धसम्मै भएपछि यसलाई अब हतियारकै रुपमा लिइने भएको छ।


प्रकाशित : मंगलबार, फागुन १९ २०८२१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend