शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अमेरिका-इरान युद्ध : १२ मुलुकका लागि नेपालबाट श्रम स्वीकृति स्थगित

आइतबार, फागुन १७ २०८२
अमेरिका-इरान युद्ध : १२ मुलुकका लागि नेपालबाट श्रम स्वीकृति स्थगित

सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको छ र उद्धारका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

काठमाडौं- इजरायल र अमेरिकासहित मध्यपूर्वमा इरानसँगको युद्धका कारण विभिन्न १२ देशका लागि नेपाल सरकारले श्रम स्वीकृति दिन स्थगित गरेको छ।

वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्यले साउदी अरब, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इरान, यमन, जोर्डन, लेबनान, इजरायल र टर्कीका लागि  श्रम स्वीकृति दिन स्थगित गरिएको  बताइन्। 

सरकारले विमानस्थलमा रहेका नेपालीलाई घर फर्किन अनुरोध गरेको छ र उद्धारका लागि तयारी अवस्थामा रहेको जनाएको छ।

इजरायल र अमेरिकाले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण गर्दै आएको छ। इरानले युनाइटेड यूएई, कतार, ओमान, कुवेतलगायत देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पहरूमा आक्रमण थालेको हो। जसले गर्दा त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढ्दै गएको छ।

आइतबार बिहान खाडीमा इरानी आक्रमणपछि दुबई, दोहा र मनामामा नयाँ विस्फोट र धुवाँ फैलिएको छ, जसले क्षेत्रीय तनाव र व्यापक द्वन्द्वको डर बढाएको छ।

अमेरिका र इजरायलले इरानका सर्वोच्च नेता र शीर्ष अधिकारीहरूलाई लक्षित गर्दै गरेको आक्रमणको प्रतिआक्रमण स्वरूप खाडीभरि सैन्य र नागरिक पूर्वाधारमा इरानी कारबाही भएको हो।  इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भइसकेको छ। 


प्रकाशित : आइतबार, फागुन १७ २०८२१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend