बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उत्कृष्ट सूचकले पनि साथ दिएन निफ्राको सेयर मूल्य वृद्धिमा, ‘अन्डरभ्यालु' भएकै हो?

बिहीबार , चैत ३ २०७८
उत्कृष्ट सूचकले पनि साथ दिएन निफ्राको सेयर मूल्य वृद्धिमा,  ‘अन्डरभ्यालु' भएकै हो?

काठमाडौं- उत्कृष्ट नाफा  र आईपीओ जारी गरेकै वर्ष उच्च लाभांश दिदाँ पनि नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) सेयर मूल्य बढ्न सकेको छैन।

दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर २६८ रुपैयाँमा आइपुगेको थियो। जुन रकम ६३ प्रतिशतले कमी हो। विश्लेषकरुले निफ्राको सेयर अन्डरभ्यालु भएकोले बजार बढ्न थालेपछि उच्च अंकले बढ्ने अनुमान गरिरहेका छन्। 

यो साताको अन्तिम दिन बुधबार निफ्राको सेयर मूल्य प्रतिकित्ता ४.५० रुपैयाँ घटेर ३३७.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। केही साता अगाडि सेयर मूल्य थोरै बढेपनि पछिल्लो समय स्थिर छ।

nifra  1.PNG

लगानीकर्ताहरुले पर्ख र हेरको अवस्थामा निफ्रालाई राखेका छन्। गत वर्ष प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर दिएको निफ्राको दोस्रो बजारमा २१ करोड ६० लाख कित्ता सेयर सूचिकृत रहेको छ। धेरै सेयर कित्ता भएकोले चलखेल गर्न ठूला लगानीकर्ताले समेत सक्दैनन्। 

त्यसकारण पनि खासै ठूलो उतारचढाव सेयर मूल्यमा हुँदैन। जसका कारण पनि लामो समयदेखि निफ्राको सेयर मूल्य स्थिर भएर बसेको छ। २१ अर्ब ६० करोड चुक्ता पुँजी भएको कम्पनीको बजार पुँजीकरण बुधबारसम्म घटेर ७२ अर्ब ९० करोड रुपैयाँमा आइपुगेको छ। कुनै समय १ खर्ब ३६ करोड सम्म पुगेको कम्पनीको बजार पुँजीरकरण अहिले ५४ अर्बले घटिसकेको छ। 

निफ्राले विद्युत व्यापारमा समेत हात हाल्दैछ भने अन्य आयोजनाहरुमा समेत लगानी गर्नेगरी काम गरिहेको छ। ऊर्जा मन्त्रालयले निफ्रालाई विद्युत व्यापारमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइसकेको छ।

विद्युत व्यापारमा नेपाल विद्युत प्राधिकरणको एकाधिकार तोडिने गरी सरकारले नयाँ प्रक्रिया सुरु गरेको छ। सरकारले निफ्रा र नेपाल पावर एक्स्चेन्ज लिमिटेड (नेपेक्स) कम्पनीलाई विद्युत व्यापारमा सहभागी गराउने गरी प्रक्रिया अगाडि बढाएको छ। 

कम्पनी उत्कृष्ट नाफामा 

दोस्रो बजारमा हटकेक बनेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४४ करोड २६ लाख ४८ हजार खुद नाफा कमाएको छ। गत वर्षभन्दा यस वर्ष नाफा २५.६६ प्रतिशत वृद्धि भएको हो। गत वर्ष यस अवधिसम्म कम्पनीले ३५ करोड २२ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो।

यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि २६.३० प्रतिशत वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म निफ्राको प्रतिसेयर आम्दानी ४.४३ रुपैयाँ गरेको छ। 


प्रकाशित : बिहीबार , चैत ३ २०७८०९:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend