बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

भारतमा पनि भित्रियो ‘हाइड्रोजन फ्युल सेल’ कार, टोयोटाले सुरु गर्‍यो ‘एफसीईभी’ पाइलट प्रोजेक्ट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ४ २०७८
भारतमा पनि भित्रियो ‘हाइड्रोजन फ्युल सेल’ कार, टोयोटाले सुरु गर्‍यो ‘एफसीईभी’ पाइलट प्रोजेक्ट

एफसीईभी वर्तमान विश्वको सबैभन्दा नवीनतम् प्रविधि भएकाले टोयोटाले यसैमा आधारित मिराइ कार सार्वजनिक गरेको हो।

काठमाडौं- जापानी कार निर्माता कम्पनी टोयोटाको भारतीय सबसिडारी टोयोटा किर्लोसकरले भारतमा पहिलोपटक हाइड्रोजन कार सार्वजनिक गरेको छ। हाइड्रोजनमा आधारित उच्च प्रविधियुक्त फ्युल सेल इलेक्ट्रिक भेहिकल (एफसीईभी) केन्द्रीय सडक यातायात तथा हाइवेमन्त्रीले सार्वजनिक गरेका हुन्। 

टोयोटा किलोसकर मोटरले इन्टरनेसनल सेन्टर फर अटोमोबाइल टेक्नोलोजी (आईसीएटी) सँगको सहकार्यमा पाइलट प्रोजेक्टको रुपमा नयाँ परियोजना ल्याएको हो। एफसीईभी वर्तमान विश्वको सबैभन्दा नवीनतम् प्रविधि भएकाले टोयोटाले यसैमा आधारित मिराइ कार सार्वजनिक गरेको हो।

यो कार वातावरणका लागि निक्कै उपयोगी हुने दाबी गरिको छ। टोयोटा किर्लोसकरले हाइड्रोज, एफसीईभी र भारतीय समाजमा हाइड्रोजनबारे जानकारी गराएर यसतर्फ सचेतना जगाउन यसलाई पाइलट प्रोजेक्टको रुपमा ल्याइएको जनाएको छ। 

यस्तो छ परियोजनाको सार :

-टोयोटा किर्लोसकरका अनुसार टोयोटा मिराइ हाइड्रोजन फ्युलसेल ब्याट्रीमा उपलब्ध रहेको र एकपटकको फुल चार्जमा ६ सय ५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। यो कारमा रिफ्युलिङ गर्न जम्मा ५ मिनेट लाग्ने कम्पनीको भनाइ छ। जापानमा मिराइ भन्नाले भविष्यलाई बुझाउँछ। 

-एफसीईभी प्रविधि हाइड्रोजनमा आधारित शून्य प्रदूषण सवारीका लागि उपयुक्त विकल्पका रुपमा टोयोटाले व्याख्या गरेको छ। यो प्रविधिले वातावरणमा कुनै प्रभाव नपार्ने टोयोटाको जिकिर छ। 

-टोयोटाले मिराइ २०१४ मा सार्वजनिक गरेको थियो। यो विश्कै पहिलो हाइड्रोजन प्युल इलेक्ट्रिक भेहिकल हो।
हरित हाइड्रोजन नवीकरणीय उर्जाबाट नै उत्पादन हुन्छ। यही प्रविधिमा आधारित रहेर भारतीय सवारी उद्योगमा प्रदूषणरहित सवारी उत्पादनमा महत्वपूर्ण योगदान पुग्न सक्ने अनुमान गरिएको छ। 

-टोयोटा किर्लोसकर र आईसीएटीले भारतीय सडक र वातावरणीय अवस्थालाई कस्तो प्रभाव पर्छ र कसरी विस्तार गरेर जान सकिन्छ भनेर अध्ययनका लागि पाइलट प्रोजेक्ट रुपमा नयाँ प्रविधि ल्याएको जनाएको छ। 

भारतको संघीय उर्जा मन्त्री आरके सिंहले समेत दिल्ली जयपुर हाइड्रोजनबाट चल्ने बस चलाउन एनटीपीसीलाई बताइ सकेका छन्। भारतले हाइड्रोजन फ्युलसेललाई प्राथमिकता दिएको देखिन्छ। यसैलाई आधार बनाएर टोयोटाले किर्लोसकरमार्फत नयाँ परियोजनाको परीक्षण सुरु गरेको हो। 

हरित हाइड्रोजन नवीकरणीय उर्जाबाट आउने भएकाले भारतका लागि शून्य प्रदूषण सवारी प्रयोग र सहुलियतमा उर्जा प्राप्त गर्ने उपयुक्त विकल्पका रुपमा उदाउने सडक यातायात र हाइवे मन्त्री नीतिन गडकरीले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। हाइड्रोजनमा आधारित एफसीईभी शून्य प्रदूषणका लागि उपयुक्त हुने देखिएको उनको भनाइ छ।


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०५:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend