शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, फागुन १६ २०८२
आज हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहने छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ।

काठमाडौं- हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहने छ। कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने छ।

तराई भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार राति तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहने छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना छ। 


प्रकाशित : शनिबार, फागुन १६ २०८२१०:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend