शनिबार, मंसिर ८ गते २०८१    
images
images

लगानीकर्ताको पहिलो रोजाइमा किन पर्दै आएको छ नबिल बैंकको सेयर?

images
शुक्रबार, चैत ४ २०७८
images
images
लगानीकर्ताको पहिलो रोजाइमा किन पर्दै आएको छ नबिल बैंकको सेयर?
images
images

काठमाडौं- सेयर लगानीकर्ताहरूको लागि नबिल बैंकको सेयर अन्य बैंकको तुलनामा सबैभन्दा राम्रो मानिँदै आएको छ। थोरै पैसा भए पनि सेयरमा राम्रो बुझेका लगानीकर्ताहरूले पहिलो बैंकको सेयर किन्दा विशेषगरी नबिल बैंकको सेयर किन्नमा बढी रुचि राख्ने गर्दछन्।

images
images
images

कम्पनीले राम्रो बोनस दिनसक्ने, हरेक वर्ष नाफामा गएको, सबैभन्दा बढी पुँजी भएको साथै वित्तीय क्षेत्रमा बढी लगानी बढाएका कारणले पनि नबिल बैंकमा लगानीकर्ताको आकर्षण अझ पछिल्लो समय उच्च रहेको छ।

images

कम्पनीको लाभांश अवस्था 

images

नबिल बैंकप्रति लगानीकर्ताको आकर्षण देखिनुमा नबिलले दिने लाभांशदर मुख्य हो।

नबिलले आर्थिक वर्ष २०७७/०७८ को मुनाफापछि ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। कम्पनीले लाभांश पारित भए पनि नेपाल स्टक एक्सचेन्जमा स्वीकृत हुन बाँकी रहेको छ। जसमा कम्पनीले ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो।

यस्तो छ नबिल बैंकले हालसम्म दिएको लाभांश र बोनस सेयरको दर

आर्थिक वर्ष बोनस सेयर (प्रतिशत) नगद लाभांश(प्रतिशत) जम्मा (प्रतिशत)
२०७६/०७७ ३३.६ ४.४ ३८
२०७५/०७६ ३३.५ १.७६ ३५.२६
२०७४/०७५ १२ २२ ३४
२०७३/०७४ ३० १८ ४८
२०७२/०७३ ३० १५ ४५
२०७१/०७२ ३० ६.८४ ३६.८४
२०६९/०७० २५ ४० ६५
२०६८/०६९ २० ४० ६०

कम्पनीले पछिल्लो समय नगद लाभांशभन्दा पनि बढी बोनस सेयरमा दिएको छ। कम्पनीको प्रतिफल बढ्दै जाँदा नगद लाभांश घटाएर बोनस सेयर दिन थालेको हो।

कम्पनीको साधारण सभाको अवस्था

कम्पनीले यस वर्षको साधारणसभा यहि पुस अन्तिममा सम्पन्न गरिसकेको छ। नबिल बैंकको सेन्टर अफिस तीन धारामा ३७ औं साधारण सभा सम्पन्न भएको हो।  कम्पनीले अहिलेसम्म १२ वटा साधारण सभा सम्पन्न गरिसकेको छ। कम्पनीको समयमै साधारण सम्पन्न गरेको भए पनि बोनस सेयर सूचीकृत हुन बाँकी छ। राष्ट्र बैंकमार्फत स्वीकृत भएर आउँदा समय लाग्ने भएकाले अबको केही समयमै नेप्सेमा सूचीकृत हुुने कम्पनीले जनाएको छ।

कम्पनीको वित्तीय अवस्था 
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब १८ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ दशमलव २० प्रतिशत बढी हो। खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको नाफामा दबाब पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३५ दशमलव १३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी शून्य दशमलव ५१ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ८ दशमलव ६० प्रतिशत मात्र बढेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड ९१ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४० करोड १७ लाख रुपैयाँ पुगेको छ। जसले गर्दा सञ्चालन मुनाफामा दबाब पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड ८ लाख रुपैयाँ रहेको छ।

नाफा सामान्य बढे पनि बैंकको प्रतिसेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २९ रुपैयाँ ९९ पैसाबाट घटेर २३ रुपैयाँ ५९ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४७ दशमलव ०६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ३३ दशमलव ६० प्रतिशत बढेको छ भने जगेडा कोष २२ दशमलव ११ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप ४ दशमलव ०६ प्रतिशत र कर्जा ८दशमलव ६८ प्रतिशत बढेको छ।

कम्पनीको प्राविधिक विश्लेषण

हाल कम्पनीको सेयर मूल्य एक हजार ६४ रुपैयाँ रहेको छ। कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी आकृति भएको मैनबत्ती बनेको छ।

यस्तो आकृतिले कम्पनीको सेयर मूल्य आगामी दिन बढ्ने र घट्नेमा अनिश्चय सृजना गर्छ। आरएसआई ओभरसोल्ड जोन १४ दशमलव ४१ बिन्दुमा छ। यसले  सेयर बिक्री बढेको देखाउँछ। त्यसलाई कारोबार रकमले पनि पुष्टि गर्छ।

त्यस्तै, स्ट्यान्डर्ड डेभिएशन दशमलव ५३ बिन्दुमा छ। उतारचढाव न्यून छ। यस्तो अवस्थामा कम जोखिम हुन्छ भने प्रतिफल पनि कम हुने गर्छ। मुभिङ एभरेजमा २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन्। 


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०१:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend