शुक्रबार, मंसिर ७ गते २०८१    
images
images
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

रिठेपानी डाँडाको ६ सय रुख काट्न १ करोड ५३ लाख खर्च लाग्ने (यस्तो छ पुरक ईआईए रिपोर्ट)

images
बिहीबार , चैत ३ २०७८
images
images
रिठेपानी डाँडाको ६ सय रुख काट्न १ करोड ५३ लाख खर्च लाग्ने (यस्तो छ पुरक ईआईए रिपोर्ट)
images
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरण राष्ट्रिय गौरव आयोजनाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवरतण अवरोध गर्ने रिठेपानी डाँडा कटानका लागि पुरक वातावारणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पारेको छ।

images
images
images

वन तथा वातावरण मन्त्रालयले ७ दिनको समय दिँदै राय सुझावका लागि तयार भएको रिपोर्ट सार्वजनिक गरेको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट पहिले पटक २०७१ फागनु २६ गते तत्कालीन विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएको थियो।

images

सोही वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार विमानस्थल निर्माणको काम भइरहेको छ। विमानस्थल निर्माणको काम अहिले ९३ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। २०२१ को जुलाईभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित भएको विमानस्थल निर्माणको काममा कोरोना महामारीको असर पारेको थियो।

images

अहिले समय थप गरेर विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने अवधि २०२२ को जुलाईसम्म पुर्‍याइएको छ। विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर बिनेश मुनाकर्मीले थप भएको समयभित्रै विमानस्थल निर्माणको काम सम्पन्न हुने बताएका छन्।

तर विमानस्थल सञ्चालनसँगै उडान तथा अवतरणमा निर्माणाधीन विमानस्थलको पूर्वी सीमानाबाट करिब १.३५ किलोमिटरको दुरीमा रहेको रिठेपानी डाँडा अवरोधक बने भएको छ। सोही डाँडा कटानीका लागि आयोजनाले पुरक वाताववरणीय प्रभाव मूल्यांकन तयार पारेको हो। पुरक वातावरणीय प्रभाव मूल्यांकन बनाउने आयोजनाले एक वर्षअगाडि नै स्वीकृति पाएको थियो।

सोहीअनुसार आयोजनाले पुरक वातावरणीय प्रभाव मूल्यांकन तयार पारेर वन तथा वातावरण मन्त्रालयमा बुझाएको थियो। वन तथा वातावरण मन्त्रालयले पनि पुरक वातावरणीय प्रभाव मूल्यांकनमा राय सुझावका लागि ७ दिनको समय दिएर सार्वजनिक गरेको छ।

सार्वजनिक भएको रिर्पोटमा जहाज उडान तथा अवतरणमा अवरोध पर्ने उक्त डाँडाको २.१७६ हेक्टर वनलाई अवश्यकता अनुसार १२ मिटर देखि ४० मिटरसम्म कटान गर्नु पर्ने र डाँडाकटान सँगै यस क्षेत्रमा रहेका ६०० वटा रुख तथा पोल आकारका रुखहरु हटाइनु पर्ने उल्लेख गरिएको छ। डाँडा १४ मिटर नकाट्दा सम्म विमानस्थल निर्माण सम्पन्न भएपनि क्यालिब्रेसन उडान नहुने भएको छ। 

डाँडा कटानीमा मात्रै १ करोड ५३ लाख रुपैयाँ

रिठेपानी डाँडा कटानमा १ करोड ५३ लाख खर्च हुने भएको छ। यो डाँडा कटानीबाट वातावरणमा पर्ने असर न्यूनीकरणका खर्च हुने रकम हो। डाँडा कटानी लाग्ने रकम पनि यसमा समावेश गरिएको छ।

रिपोर्टअनुसार ६ सय वटा रुख कटानी गरी १० प्रतिशत रुख रोपण तथा ५ वर्षसम्मको हेरचाहका लागि ६९ लाख ४८ हजार रुपैयाँ लाग्नेछ।

यसैगरी धुलो उड्ने क्षेत्रमा पानी छर्कनका लागि ९० हजार, सुरक्षा तथा जनचेतनका लागि १ लाख ५० हजार, पूर्वाधार विकास तथा सुधार गर्न सहयोगमा २५ लाख रुपैयाँ र अन्य विविध काममा लागि ९ लाख ५८ हजार रुपैयाँ लाग्ने अनुमान रिपोर्टमा उल्लेख छ।

यसैगरी वातावरणीय अनुगमनका लागि ३३ लाख ३७ हजार, प्रभाव अनुगम  मूल्यांकनका लागि ७ लाख ४ हजार र वातावरणीय परीक्षणका लागि ६ लाख ५ हजार रुपैयाँ खर्च हुने आयोजनको अनुमान छ। सबै शीर्षकमा गरी अनुमानित कुल १ करोड ५३ लाख २ हजार ८ सय रुपैयाँ खर्च हुने रिपोर्टमा उल्लेख छ।

विमानस्थल निर्माणकाे काम कति भयो?

अहिले विमानस्थल निर्माणको काम धमाधम भइरहेको छ। विमानस्थलमा जडान हुने सञ्चार उपकरण जडान लगायत फिनिसिङको काम भइरहेको र जुलाईभित्रै काम सम्पन्न हुने मुनाकर्मीले जानकारी दिए। ‘विमानस्थल निर्माणमा बाँकी रहेको काम अहिले तीब्रताका साथ भइरहेको छ’, उनले भने, ‘विमानस्थल निर्माणमा ९३ प्रतिशत काम सम्पन्न भएको छ।’

अहिले विमानस्थलमा निर्माण भएको टर्मिननल भवनसहितका १४ वटा भवनमा फिनिसिङ गर्ने काम भइरहेको उनको भनाइ छ। विमानस्थल निर्माणका लागि आवश्यक सबै उपकरण साइटमा आइसकेका कारण अब निर्माणमा कुनै पनि समस्या नआउने मुनाकर्मी बताउँछन्। 

उनका अनुसार २०२२ को जुलाईसम्म विमानस्थल निर्माणको काम सम्पन्न हुन्छ। अहिले विमानस्थलमा निर्माण भएका भवनभित्रको सजावट र बाहिरको सौन्दर्यकरणको काम पनि भइरहेको छ। 

‘हाम्रो लक्ष्य २०२१ को जुलाईसम्म निर्माण सम्पन्न गर्ने भए पनि ६ महिना अगाडि नै विमानस्थल निर्माणको काम सक्ने भन्ने नै थियो’, उनले भने, ‘कोरोनाका कारण तोकिएको समयमा पनि काम सम्पन्न नभएपछि एक वर्षको समय थप भएको थियो। अब थप भएको समयभित्रै निर्माणको काम सम्पन्न हुन्छ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो। 

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।

आर्थिक वर्ष २०७५/७६ मा नै यो आयोजनको धावनमार्ग ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पनसँगै फिनिसिङको चरणमा छ।

अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ)को मादण्डअनुसार फोरडी मोडलमा निर्माण हुने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यस्तरका जहाजबाट उडान तथा अवसतरण गर्न सकिने छ। 

यस्तो छ पुरक ईआईए रिपोर्ट


प्रकाशित : बिहीबार , चैत ३ २०७८०५:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend