शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेपाली कांग्रेसद्वारा फुटबल खेलाडी साम्बाको उपचारार्थ पाँच लाख रुपैयाँ सहयोग

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन १२ २०८२
नेपाली कांग्रेसद्वारा फुटबल खेलाडी साम्बाको उपचारार्थ पाँच लाख रुपैयाँ सहयोग

काठमाडौं- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको घुँडाको जटिल चोटको उपचारका लागि नेपाली कांग्रेसले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

पार्टीका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीको तर्फबाट रकम जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सो रकम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नम्बर ३४४०१०१०००११३७ मा जम्मा गरिएको छ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सावित्रा भण्डारीले देशको प्रतिष्ठा बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका छन्। सभापति थापाले पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट खेलाडीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दलीलका अनुसार नेपाली कांग्रेस खेलकुदलाई मनोरञ्जनभन्दा माथि उठाएर राष्ट्रिय पहिचान र राष्ट्र निर्माणमा युवा सहभागिताको मेरुदण्ड बनाउने लक्ष्यमा काम गरिरहेको छ।


प्रकाशित : मंगलबार, फागुन १२ २०८२११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend