मंगलबार, वैशाख ११ गते २०८१    
images
images

‘युटिलिटी भेहिकल’को बढ्दो माग : साना कारका लागि चुनौती बन्दै 

images
images
images
‘युटिलिटी भेहिकल’को बढ्दो माग : साना कारका लागि चुनौती बन्दै 

युटिलिटी सेगमेन्टका कारको ग्राउन्ड क्लियरेन्स धेरै हुनु, केही लामो दूरीमा कार लिएर जाने ट्रेन्ड बढ्नु, कारको आकर्षक बडी स्टाइल, गाडी भित्रको ठूलो स्पेस, सडकमा कार राम्रो देखिनु लगायत कारणले यो धेरैको रोजाइमा पर्न थालेको हो। 

images
images

काठमाडौं- केही वर्षअघिसम्म साना (ह्याचब्याक) कारको माग विश्वभर नै धेरै हुने गरेको थियो। ह्याचब्याक कार र एसयूभी कारको बाहुल्यता रहेको त्यतिबेलाको कार बजारमा उपलब्धता र मूल्यका हिसाबले साना कार नै धेरैको रोजाइमा हुन्थ्यो। स्पोर्टस युटिलिटी भेहिकल (एसयूभी) ह्याचब्याकको तुलनामा महँगो हुने भएकाले यो सेगमेन्टका गाडी कम बिक्री हुन्थे। 

images
images
images

तर पछिल्लो समय ह्याचब्याक कारलाई एसयूभीको प्लटेफर्ममा उत्पादन गर्न थालियो र यसलाई क्रसओभर कार (युटिलिटी) का रुपमा बजारमा ल्याइयो। यो सेगमेन्टका कार क्रमिक रुपमा धेरै उपभोक्ताको रोजाइमा पर्न थाल्यो। ह्याचब्याकभन्दा केही ठूलो र एसयूभीकै अनुभव गराउने तर मूल्यका हिसाबले सस्तो भएकाले युटिलिटी (क्रसओभर) कारको माग बढ्दै भएको छ।

images

भारतको एक संस्था सीआरआईएसआईएलले गरेको अध्ययन अनुसार साना कारको बजार हिस्सा २०२१ मा ६५ प्रतिशत रहेकोमा २०२२ को ९ महिनामा त्यो ४५ प्रतिशतमा सीमित भएको छ। यसरी बजार हिस्सा परिवर्तन हुनुमा कार उत्पादक कम्पनीहरुले क्रमिक रुपमा ल्याएको युटिलिटी कार नै हुन्। अहिले भारत तथा नेपालमा बिक्री हुने सबैजसो कार कम्पनीसँग कम्तिमा एउटा क्रसओभर वा युटिलिटी कार छ। 

images

इकोस्पोर्ट, इर्टिगा र डस्टरको उदय

images
images

गएको दशकमा फोर्टको इकोस्पोर्ट, सुजुकीको इर्टिगा, रेनोको डस्टर र महिन्द्राको एक्सयूभी५०० ले युटिलिटी सेगमेन्टको मानकमात्र बनाएनन्, यसलाई जबरदस्त सेगमेन्टका रुपमा स्थापित समेत गरे। भारतमा महँगो एसयूभीको बजारमा यी युटिलिटी सवारीले उपभोक्तामा नयाँ विश्वास जगाइदिए। यसका लागि सबैभन्दा ठूलो योगदान फोर्ड इकोस्पोर्ट र रेनोको डस्टरले गरेका थिए। 

फोर्डको इकोस्पोर्ट नेपाली बजारमा समेत उल्लेख्य बिक्री हुने क्रसओभर एसयूभीमा पर्छ। यो कार नेपाली बजारमा वार्षिक औषत ४ सय वटा बिक्री हुँदै आएको थियो। तर अब भने भारतमा फोर्डले उत्पादन बन्द गर्ने निर्णय गरिसकेकाले यो कार आउने छैन। त्यस्तै रेनोको डस्टरले समेत नेपाली बजारमा राम्रो संख्यामा बिक्री हासिल गरेको थियो। तर पछिल्लो पटक भने संख्यात्मक रुपमा डस्टरको बिक्री निक्कै कम छ।

युटिलिटीको रेसमा सुजुकी ब्रेजा र हुन्डाई क्रेटाले मारेको बाजी

उक्त अध्ययन अनुसार हुन्डाई भारतीय युटिलिटी सेगमेन्टमा तुलनात्मक रुपमा अन्य कम्पनीभन्दा पछि प्रवेश गरेको हो। हुन्डाईले २०१५ मा पहिलोपटक क्रेटा लिएर युटिलिटी बजारमा आएको थियो। अहिले पनि क्रेटा यो सेगमेन्टको धेरै बिक्री हुने कारमै पर्छ। त्यस्तै एसयूभी सेगमेन्टकै कार किन्न चाहनेका लागि क्रेटाभन्दा कम मूल्यमा पूर्ण विशेषतासहित सुजुकीले भारतीय बजारमा भिटारा ब्रेजा सार्वजनिक ग¥यो। सुजुकीले २०१६ को मार्चमा भारतमा सब कम्प्याक्ट एसयूभी ब्रेजा सार्वजनिक गरेको थियो। त्यसयता यो कार पनि भारतमा आफ्ना सेगमेन्टमा धेरै बिक्री हुने पर्छ। 

नेपाली बजारमा समेत सुजुकी भिटारा ब्रेजा र हुन्डाई क्रेटा धेरै बिक्री हुने कारमा पर्छ। बाटो सुहाउँदो र एसयूभी गाडी चाहनेका लागि ब्रेजा र क्रेटा उपयुक्त विकल्पका रुपमा रहेको छ। 

किया र एमजीको प्रवेश

एसयूभी तथा युटिलिटीको बढ्दो बजारमा नयाँ कम्पनीहरु समेत आइरहेका छन्। २०१९ मा भारतीय युटिलिटी बजारमा नयाँ खेलाडीहरु किया र एमजी मोटर प्रवेश गरे। यी दुई कम्पनीले पनि उच्च माग रहेको युटिलिटी (एसयूभी पनि) सेगमेन्टलाई नै केन्द्रित गरेर कार बजारमा ल्याए। 

कियाले सेल्टोस र एमजीले हेक्टर मोडल सर्वाजनिक गरेसँगै कम्पनीले नै अटोमोबाइल बजारमा आफ्नो उपस्थितिलाई नै बलियो बनाए। केही कम्पनी भविष्य अविश्चित देखेर भारतबाटै बाहिरिँदा युटिलिटी सवारी मार्फत यी दुई कम्पनीले आफूलाई उदीयमान प्लेयरका रुपमा जबरदस्त स्थापित गरेका छन्। 

भारतीय बजारमा राम्रो संख्यामा बिक्री भएका वा भनौं सफल भएका कार नेपाली बजारमा समेत केही बाहेक सफल हुने गरेकै छन्। पछिल्लो पटक कियाको सेल्टोसले यो प्रमाणित गरेको छ। एमजीको हेक्टर पनि केही समयअघि नेपाली बजारमा सार्वजनिक भएको थियो। यो कार भने अपेक्षाकृत रुपमा धेरै बिक्री हुन सकेको छैन वा केही समयपछि सफलतातर्फ जान सक्छ। 

उपभोक्ताका लागि विकल्पै विकल्प

कार उत्पादक कम्पनीहरुले एउटा मात्र होइन त्योभन्दा बढी संख्यामा युटिलिटी कार उत्पादन गर्दै आएका छन्। सु्जुकीको ब्रेजा तथा इर्टिगा, हुन्डाईको क्रटा तथा भेन्यू, महिन्द्राको एक्सयूभी५००, एक्सयूभी३००, टाटाको नेक्सन तथा पन्च, निसानको म्यागनाइट, रेनोको काइगर, स्कोडाको कुसाक, फक्सवागनको टाइगुनलगायत कार उपभोक्ताका लागि विकल्पका रुपमा छन्। 

उल्लेखित कार मध्ये टाटाको पन्च अबको केही समयमा नेपाली बजारमा आउने छ भने अन्य सबै उपलब्ध छन्। नेपाली बजारमा समेत युटिलिटी वा क्रसओभर कारमा उल्लेख्य प्रतिस्पर्धा रहेको छ। 

के हो त युटिलिटीको शक्ति?

भारतीय बजारमा विगत केही वर्षयता युटिलिटी सेगमेन्टका कारको बिक्री उल्लेख्य रुपमा बढ्दै गएको छ। त्यही अनुरुप उत्पादक कम्पनीहरुले समेत नयाँ नयाँ मोडल बजारमा ल्याइरहेका छन्। त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत छ। नेपालमा समेत युटिलिटी सेगमेन्टका कारकै माग तथा बिक्री बढ्दै गएको छ। 

युटिलिटी सेगमेन्टका कारको ग्राउन्ड क्लियरेन्स धेरै हुनु, केही लामो दूरीमा कार लिएर जाने ट्रेन्ड बढ्नु, कारको आकर्षक बडी स्टाइल, गाडी भित्रको ठूलो स्पेस, सडकमा कार राम्रो देखिनु लगायत कारणले यो धेरैको रोजाइमा पर्न थालेको हो। 

images

प्रकाशित : शनिबार, चैत ५ २०७८०७:१५

प्रतिक्रिया दिनुहोस