शनिबार, मंसिर ८ गते २०८१    
images
images

दोस्रो बजारका ९ महँगा कम्पनी, सस्तोमै सेयर किन्न लगानीकर्तालाई अवसर

images
बिहीबार , चैत ३ २०७८
images
images
दोस्रो बजारका ९ महँगा कम्पनी, सस्तोमै सेयर किन्न लगानीकर्तालाई अवसर

एक सय रुपैयाँबाट कारोबार सुरु गरेका कम्पनीको सेयर मूल्य झन्डै २० हजार रुपैयाँसम्म पुगेका पनि छन्। नेपालमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी भने युनिलिभर रहेको छ। कम्पनीको सेयर मूल्य बुधबार १९ हजार ५ सय रुपैयाँ रहेको छ। यो नै अहिले सबैभन्दा महँगो सेयर मूल्य हो।

images
images

काठमाडौं- सेयर बजारमा महँगो सेयर मूल्य भएका कम्पनी थोरैमात्रै छन्। पछिल्लो समय केही नयाँ कम्पनी थपिए पनि पाँच हजार रूपैयाँमाथि पर्ने कम्पनीहरू सीमित छन्। दोस्रो बजारमा दैनिक २ सय ३१ भन्दाबढी कम्पनीको कारोबार हुने गरेको छ। 

images
images
images

एक सय रुपैयाँबाट कारोबार सुरु गरेका कम्पनीको सेयर मूल्य झन्डै २० हजार रुपैयाँसम्म पुगेका पनि छन्। नेपालमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी भने युनिलिभर रहेको छ। कम्पनीको सेयर मूल्य बुधबार १९ हजार ५ सय रुपैयाँ रहेको छ। यो नै अहिले सबैभन्दा महँगो सेयर मूल्य हो।

images

उच्च लाभांशका यी कम्पनीहरूको सेयर मूल्य अत्यधिक महँगो हुने गरेको छ। 

images

युनिलिभर नेपाल

सबैभन्दा धेरै सेयर मूल्य भएको युनिलिभर कम्पनीको सेयर बुधबार १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। कम्पनीको चुक्ता पुँजी ९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको बजार पुँजीकरण १७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। एक वर्षअगाडि २३ हजार १ सय ८० रुपैयाँ रहेको सेयर मूल्य सस्तो हुँदा १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।  

राष्ट्रिय बीमा कम्पनी

सेयर मूल्य धेरै हुनेको दोस्रो नम्बरमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीको बुधबार सेयर मूल्य प्रतिकित्ता १७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ४६ अर्ब ७९ करोड रुपैयाँ रहेको छ। एक वर्षगाडि कम्पनीको सेयर मूल्य २४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। न्यूनतम १३ हजार ९ सय ७ रुपैयाँमा कारोबार भएको थियो। 

बोटलर्स नेपाल (तराई) लिमिटेड

सेयर मूल्य धेरै हुनेको तेस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) लिमिटेड देखिएको छ। यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ हजार ३ सय २० रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रहेको कम्पनीको बजार पुँजीकरण १६ अर्ब ११ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि १७ हजार ६ सय ७० रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर ८ हजार ७ सय १० रुपैयाँसम्म कारोबार भएको थियो। 

साल्ट ट्रेडिङ कर्पोरेशन

सेयर मूल्यका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन पनि महँगोको सूचीमा पर्दै आएको छ। कम्पनीको सेयर मूल्य बुधबार प्रतिकित्ता ५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको चुक्ता पुँजी २३ करोड रुपैयाँ हुदाँ बजार पुँजीकरण १२ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि १३ हजार ७ सय ८० रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर ४ हजार ४ सय ७० रुपैयाँसम्म कारोबार भएको थियो। 

जीवन लघुवित्त 

जीवन लघुवित्त कम्पनीको सेयर मूल्य पनि ५ हजार नजिक रहेको छ। कम्पनीको बुधबार ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। जसको चुक्ता पुँजी ६ करोड ८ लाख रुपैयाँ रहेको छ। बजार पुँजीकरण ३० अर्ब २६ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि ५ हजार ५ सय १६ रुपैयाँ सम्म पुगेको थियो। 

हिमालय डिस्टिलरी लिमिटेड

गत वर्षदेखि सेयर मूल्य बढेको हिमालय डिस्टिलरी पनि सेयर मूल्यका आधारमा धेरै मूल्यको सूचीमा पर्दै आएको छ। कम्पनीको बुधबार सेयर मूल्य ३ हजार ९५० रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ६० अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि ७ हजार ९ सय ३८ रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर ३ हजार ७ सय ८० रुपैयाँसम्म कारोबार भएको थियो। 

महिला लघुवित्त 

महिला लघुवित्त पनि सेयर मूल्यका हिसाबले महँगोको सूचीमा पर्दै आएको छ। कम्पनीको सेयर मूल्य ३ हजार ६ सय ४८ रुपैयाँमा बुधबार कारोबार भएको थियो। कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। बजार पुँजीकरण ५ अर्ब ३८ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि ५ हजार ७ सय ४९ रुपैयाँ सम्म पुगेको थियो। 

नागरिक लगानी कोष

सेयर मूल्यका आधारमा नागरिक लगानी कोष पनि महँगोको सूचीमा पर्दै आएको छ। कोषको सेयर मूल्य प्रतिकित्ता ३ हजार १ सय ६८ रुपैयाँ रहेको छ। कोषको चुक्ता पुँजी ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण १ खर्ब रहेको छ। कम्पनीको एक वर्षअगाडि ४ हजार ५ सय ६० रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर २ हजार ६ सय २५ रुपैयाँसम्म कारोबार भएको थियो। 

फरवार्ड लघुवित्त 

फरवार्ड लघुवित्त कम्पनीको सेयर मूल्य पनि महँगोको सूचीमा पर्ने गरेको छ। कम्पनीको सेयर मूल्य बुधबार २ हजार २ सय ९२ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको चुक्ता पुँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेको छ। बजार पुँजीकरण १९ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि ३ हजार ३ सय ११ रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर २ हजार रुपैयाँसम्म कारोबार भएको थियो। 


प्रकाशित : बिहीबार , चैत ३ २०७८०१:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend