काठमाडौं- भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि बनेको सरकारले फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्ने घोषणा गरेयता असोजदेखि माघसम्मको पाँच महिनामा वैदेशिक रोजगारीका लागि ३ लाख ३६ हजार ४ सय ९५ युवा बाहिरिएका छन्।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा ६४ हजार ६ सय ३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७ सय ५, पुसमा ६२ हजार ५ सय ५९ जना र माघमा ७० हजार ५ सय ३ जना युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन्।
विभागका अनुसार बिदामा नेपाल आइ पुन: रोजगारीका लागि फर्कने युवाको संख्या १ लाख ८१ हजार रहेको छ भने म्यानपावरमार्फत नयाँ रोजगारीका लागि बाहिरिने युवाको संख्या १ लाख ३९ हजार ९ सय ४८ रहेको छ।
यसरी वैदेशिक रोजगारीका लागि बाहिरिने युवामध्ये पुरुषको संख्या २ लाख ९६ हजार ९ सय १ रहेको छ भने महिलाको संख्या ३९ हजार ५ सय ९४ छ।
