आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भारतबाट पेट्रोलको मूल्य लिटरमै १६ रुपैयाँ बढेर आयो, आगामी १५ दिनमा ५ अर्ब घाटा हुने निगमको प्रक्षेपण 

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २ २०७८
भारतबाट पेट्रोलको मूल्य लिटरमै १६ रुपैयाँ बढेर आयो, आगामी १५ दिनमा ५ अर्ब घाटा हुने निगमको प्रक्षेपण 

निगमका अनुसार पेट्रोलमा १६.३७ रुपैयाँ, डिडेलमा २४.४९ र हवाइ इन्धनमा १८.८९ रुपैयाँ मूल्य बढेर आएको निमगले जानकारी दिएको छ। 

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेपछि नेपाली बजारमा पनि प्रभाव देखिएको छ। 

पछिल्लो समय निरन्तर पेट्रोलिमय पदार्थको मूल्य वृद्धि हुँदै आएको छ। इन्डियन अयल कर्पोरेशनले नेपाल आयल निगमलाई प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको छ। यही मूल्य सूचीका आधारमा निगमले नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको छ। 

आजमात्र भारतबाट सबै इन्धनको मूल्य बढेर आएको निमगले जानकारी दिएको छ। निगमका अनुसार पेट्रोलमा १६.३७ रुपैयाँ, डिडेलमा २४.४९ र हवाइ इन्धनमा १८.८९ रुपैयाँ मूल्य बढेर आएको निमगले जानकारी दिएको छ। 

खरिद मूल्य बढेको तर बिक्री मूल्य यथावत रहँदा निगमको घाटा बढ्दै जाने प्रक्षेपन गरिएको छ। निगमले अहिलेकै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गरेमा अबको १५ दिनमै ५ अर्ब ३० करोड घाटा हुने प्रक्षेपण गरेको छ। 

 

 


प्रकाशित : बुधबार, चैत २ २०७८०९:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend