बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बैंकमा निक्षेप बढेर ब्याजदर स्थिर हुँदासमेत सुस्तायो सेयर बजार, आगामी साता के होला?

बुधबार, चैत २ २०७८
बैंकमा निक्षेप बढेर ब्याजदर स्थिर हुँदासमेत सुस्तायो सेयर बजार, आगामी साता के होला?

काठमाडाैं- यो साता आइतबार एक दिन बढेको सेयर बजारमा त्यहीअनुसार उत्साह देखिएन। सोमबार प्राविधिक समस्याले कारोबारको केहीबेरमै रोकिएको सेयर बजारमा मंगलबार र बुधबार भने गिरावट आएको छ। 

मंगलबार १७.१५ अंकले गिरावट आएको बजारमा बुधबार पनि १९.६५ अंकको गिरावट आएको हो। २२.४७ अंकले घट्दै २६३१.३२ बिन्दुमा झरेको बजारमा कारोबार रकम समेत खुम्चिएको छ। बुधबार २ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएको छ। 

चैतमा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूको भद्र सहमतिले यो साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको थियो। आइतबार बजार १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको थियो।

सोमबार भने टीएमएसमा समस्या आएर १ घण्टा ५३ मिनेट मात्र कारोबार हुँदा बजार रोकिएको थियो। जसमा १ अर्ब ३४ करोड रुपैयाँ मात्रै कारोबार हुन सकेको थियो। दोस्रो बजारको अनलाइन कारोबार प्रणालीको सफ्टवेयरमा समस्या आएको बताइएको थियो। जसले बजारमा पारेको असर मंगलबार समेत खुलेर कारोबार हुन सकेन। 

लगातार घटिरहेको सेयर बजारको ओरालो लाग्ने क्रम गत साताको बिहीबारदेखि भने रोकिएको थियो। बिहीबार ५२ अंकले बजार बढेको थियो। जसको निरन्तरता यो साताको आइतबार देखिए पनि त्‍यसपछि बजारले उही बढ्दो साथ भने पाएन। आइतबारको तेहेरो अंकको वृद्धिले राहत भने मिलेको छ। 

बैंकहरूले ऋण नदिए पनि नगद भएका लगानीकर्ताले सेयर बजारमा लगानी गर्न थालेकाले बजारमा सुधारको संकेत देखिएको विश्लेषण भइरहँदा पनि सेयर बजार भने यो सातामा पनि एक दिनबाहेक उत्साह देखिएन। 

चैत महिनामा नेपाल बैंकर्स संघले ब्याजदर नबढाउने निर्णयसमेत गरिसकेको छ। बैंकर्स संघको बैठकले चैत महिनामा ब्याज नबढाउने सहमति गरेका हुन्। संघको निर्णयसँगै चैतमा फागुनकै ब्याजदर लागु हुनेछ। यसको सेयर बजारमा सकारात्मक प्रभाव पर्ने आँकलन भएपनि बजारले भने साथ दिएको छैन। विश्लेषकहरूले बजार घट्नुपर्ने कारण नभएको भन्दै चुनावी चहलपहलले पनि आउने साता बजार फर्कने आशा गरेका छन्। त्यसमा अन्य सूचकहरूसमेत सकारात्मक हुँदै जाने देखिएको उनीहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, चैत २ २०७८०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend