आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

नेपालमा शाखा खोल्न विदेशी बैंकलाई २ करोड डलर चुक्ता पुँजी चाहिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २ २०७८
नेपालमा  शाखा खोल्न विदेशी बैंकलाई २ करोड डलर चुक्ता पुँजी  चाहिने

नेपालमा शाखा खोल्नका लागि आसयपत्र लिनका लागि चुक्ता पुँजीको पाँच प्रतिशत डलर नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको  छ। 

काठमाडौं- विदेशी बैंकले नेपालमा शाखा खोल्नका लागि २ करोड चुक्ता पुँजी पुर्‍याए पुग्ने भएको छ। 

नेपाल राष्ट्र बैंकले विदेशी बैंकको शाखालाई लाइसेन्स दिने सम्बन्धी नीति जारी गर्दै चुक्ता पुँजी निर्धारण गरिदिएको छ। 

यो नीतिभन्दा पहिले नेपालमा वाणिज्य बैंकलाई चाहिनेजति नै पुँजी आवश्यक पर्ने व्यवस्था थियो। 

नेपालमा शाखा खोल्ने विदेशी बैंकले अन्तर्राष्ट्रिय स्तरको कम्पनीबाट रेटिङ गराएको हुनुपर्छ। यस्तो रेटिङबाट इन्भेष्टमेन्ट ग्रेड पाएको बैंकले मात्र नेपालमा शाखा खोल्न पाउने छ। 

नेपालमा शाखा खोल्नका लागि आसयपत्र लिनका लागि चुक्ता पुँजीको पाँच प्रतिशत डलर नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको  छ। 

विदेशी बैंकका शाखाले नेपालमा रिटेल बैंकिङ कारोबार गर्न पाउने छैनन्। यस्ता बैंकले ऋण, निक्षेप तथा अन्य सुविधा रिटेल तहमा दिन नपाउने व्यवस्था गरिएको छ। 

नेपालमा दर्ता भएका कुनै पनि संस्थाबाट एक पटकमा एक वर्षभन्दा बढी अवधिका लागि दश अर्ब निक्षेप संकलन गर्नसक्ने छ। त्यस्तै एउटै भौतिक पूर्वाधारसँग सम्बन्धित परियोजनाका लागि २० अर्बभन्दा बढी ऋण परिचालन गर्नसक्ने छ। 


प्रकाशित : बुधबार, चैत २ २०७८०८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend