शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

सार्वभौम डिजिटल पूर्वाधारमा लगानी, निर्यात र रोजगारीका लागि सूचना प्रविधिलाई कांग्रेसको उच्च प्राथमिकता

शनिबार, फागुन ९ २०८२
सार्वभौम डिजिटल पूर्वाधारमा लगानी, निर्यात र रोजगारीका लागि सूचना प्रविधिलाई कांग्रेसको उच्च प्राथमिकता

त्यस्तै सार्वभौम डिजिटल पूर्वाधारमा जोड दिएको कांग्रेसले यसका लागि दूरसञ्चारदेखि अन्य पूर्वाधारमा लगानी बढाउने घोषणा गरेको छ।

काठमाडौं- नेपाली कांग्रेसले सूचना प्रविधिलाई अबको अर्थतन्त्रको मुख्य खम्बाकै रुपमा स्वीकार गर्ने घोषणा गरेको छ। प्रतिनिधिसभाको निर्वाचनका लागि जारी गरिएको घोषणापत्रमा उसले यस्तो प्रतिबद्धतता व्यक्त गरेको हो। 

सूचना प्रविधिमा स्थानीय पूर्वाधारलाई विकास गर्दै बलियो बनाउने त्यसपछि अन्तर्राष्ट्रिय स्तरको बनाएर डिजिटल नोम्याड गन्तव्यका रुपमा विकास गर्ने नीति कांग्रेसको छ। 

त्यस्तै सार्वभौम डिजिटल पूर्वाधारमा जोड दिएको कांग्रेसले यसका लागि दूरसञ्चारदेखि अन्य पूर्वाधारमा लगानी बढाउने घोषणा गरेको छ। 

नेपाली कम्पनीलाई विदेशमा लगानी गर्न सहज बनाउने कांग्रेसको नीति छ। अहिले नै सुरू भइसकेको यस्तो नीतिलाई अझै सहज र पहुँचयुक्त बनाउने कांग्रेसले घोषणा गरेको छ। यति गरेपछि  पाँच वर्षमा ४ खर्बको निर्यात र १ लाख रोजगारी सिर्जना गर्ने कांग्रेसको लक्ष छ।स 

बहुराष्ट्रिय प्रविधि कम्पनीलाई नेपालमा लगानीका लागि प्रेरित गर्न  स्थिर र लगानीमैत्री नीति ल्याउने, नियमित सहजीकरणका लागि  प्रधानमन्त्रीको नेतृत्वमा डिजिटल अर्थतन्त्र परिषद गठन गर्ने कांग्रेसको घोषणा छ। 

सरकारी परियोजनामा स्थानीय विकास र प्रविधिको प्रयोग गर्न प्रणालीमा सुधार गर्ने कांग्रेसले घोषणा गरेको छ। अहिले सरकारी परियोजनाका लागि आवश्यक सानोतिनो सफ्टवेयर पनि विदेशबाटै लिने प्रचलन छ। यसलाई तोडेर नयाँ सुरुवात गर्ने कांग्रेसको घोषणा छ। 

सूचना प्रविधिका लागि आवश्यक जनशक्तिका लागि  विद्यालयतहदेखि नै कोडिङ एआई र साइबर सुरक्षालाई मूलधारको शिक्षामा समावेस गर्ने, सबै तहको शिक्षामा विज्ञान गणितको सिकाईको गुणस्तरमा सुधार गर्ने कांग्रेसको घोषणा छ। 


प्रकाशित : शनिबार, फागुन ९ २०८२१४:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend