सोमबार, वैशाख १७ गते २०८१    
images
images

जोगबनी-कटहरी रेलमार्ग विस्तारको काम सुस्त

images
बिजनेस न्युज
images
images
जोगबनी-कटहरी रेलमार्ग विस्तारको काम सुस्त
images
images

विराटनगर- मुलुकमै औद्योगीकरणको सुरुवात गर्ने विराटनगरलाई ‘औद्योगिक राजधानी’ भनेर पनि चिनिन्छ। सयौँ उद्योग र लाखौँ कामदार भएको यो क्षेत्र अपेक्षित रूपमा अघि बढ्न सकेको छैन। यसको प्रमुख कारण हो, उद्योग व्यवसायका लागि आवश्यक पूर्वाधारको निर्माण हुन नसक्नु।

images
images
images

औद्योगिक पूर्वाधार विस्तार नहुँदा सुनसरी-मोरङ औद्योगिक करिडोरमा नयाँ लगानी थपिन सकेको छैन। करिडोरलाई लक्षित गरेर निर्माण सुरु गरिएका पूर्वाधार विस्तारका योजना लामो समयदेखि अलमल छ। यसले औद्योगिक विकासको गतिलाई सुस्त बनाइरहेको छ। औद्योगिक विकासका लागि निर्माण सुरु गरिएका जोगबनी-कटहरी ब्रोडगेज रेलमार्ग योजनाले गति पाउन सकेका छैनन्। यसको निर्माणमा भएका ढिलासुस्तीमा जनप्रतिनिधिले चासो राख्न थालेका छन्।

images

पछिल्लो समयमा रेल वे परियोजनाले काममा तीव्रता दिन थाले पनि रङ्गेली र विराटनगरको हुलाकी मार्गमा रेल सडकबाटै आवतजावत गर्ने कार्यको जनप्रतिनिधिले कडा विरोध जनाएका छन्। हुलाकी मार्गमा रेल प्रवेश गर्ने समयमा बाटो बन्द गरेर रेल प्रवेश गराउने कार्य राम्रो नभएको रङ्गेली नगरपालिकाका प्रमुख दिलीप बगडियाले बताए। उनले आधा घण्टा बाटो बन्द गरेर राजमार्गलाई ठप्प पार्ने र सोही समयमा अतिआवश्यक सवारी साधान पनि रोकिनु पर्ने कारणले जनताले दुःख पाउने गरेको हुँदा यसको विरोध भइरहेको बताए।

images

भारतमा कुनै पनि ठाउँमा रेलले बाटो काट्दा बन्द नगर्नुपर्ने र यसका लागि भारत सरकारले त्यहाँ आकाशे पुल वा सडक मुनि प्रवेश मार्ग बनाएर राजमार्गलाई खुला बनाएको हुन्छ। यस्तो अवस्था नेपालमा किन नहुने प्रश्न गर्दै प्रमुख बगडियाले यसका लागि समयमै सोच्नुपर्ने बताए। उनले जनतालाई पीरमर्का पर्ने कुनै पनि काम हामी हुन दिने छैनौ भन्दै यसका लागि नेपाली सरकारले समयमै गम्भीर हुनुपर्नेमा जोड दिए।

images
images

कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले समयमै सुझबुझ गरेर काम नगरे हामी विरोधमा निस्कने र रेलको काम हुन नदिने बताए। धनपाल थान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले दक्षिणी क्षेत्रको महत्वपूर्ण मानिएको हुलाकी राजमार्गमा रेल प्रवेश गराउँदा जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने हुन्छ, अन्यथा यसको विरोधमा निस्कन बाध्य हुनुपर्ने बताए। हुलाकी राजमार्ग प्रयोग गर्ने सुनवर्षी नगरपालिका र रतुवामाई नगरपालिकाका जनप्रतिनिधिले पनि यसमा गम्भीर हुन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले हुलाकी राजमार्गलाई पार गर्ने रेल योजना जनताको भावना अनुसार नै बढ्नुपर्ने जानकारी दिँदै जनताको भावना र इच्छानुसार नभएको काममा बाधा उत्पत्र हुने बताए। पछिल्लो समय रेल-वे परियोजनाले निर्माणको काम अगाडी बढाइरहेको थियो। तर, कटहरीका केही स्थानीयवासीले जग्गाको मुआब्जामा चित्त नबुझाएपछि पुनः कामले गति लिन सकेको छैन। केन्द्रीय सदस्य घिमिरेले स्थानीयवासीसँग अदालतबाट आउने फैसलालाई पालना गराउने गरी तत्काललाई परियोजना अगाडी बढाउन समझदारी गरिदिन आग्रह गरे।

बथनाहा-कटहरी १८ दशमदव ६ किलोमिटर रेलमार्गमध्ये नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव ६ किलोमिटर पर्छ। तीमध्ये सात किलोमिटर क्षेत्रमा भने आवश्यक काम पूरा भइसकेको छ। बुधनगरको लावाघाटदेखि कटहरीतर्फको आठ किलोमिटरमा ट्रयाक खोल्ने काम भइरहेको छ। कटहरीको अन्तिम स्टेशनतर्फका केही जग्गाधनीले मुआब्जामा चित्त नबुझाएपछि अदालतमा मुद्दा हालेका छन्। फलस्वरुप त्यस क्षेत्रका काम अगाडी बढाउन समस्या भइरहेको छ। भारतले सरकारसँग बथनाहा-कटहरी खण्डको रेलमार्गका लागि २ अर्ब ८० करोड भारुको लगानी गर्ने सम्झौता भएको थियो। रासस

images

प्रकाशित : बुधबार, चैत २ २०७८०८:२७
प्रतिक्रिया दिनुहोस