शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

बढ्न थाल्याे बैंकहरूमा निक्षेप, एकै दिन ८ अर्ब थपिँदा सीडी रेसियोमा पनि सुधार

images
बुधबार, चैत २ २०७८
images
बढ्न थाल्याे बैंकहरूमा निक्षेप, एकै दिन ८ अर्ब थपिँदा सीडी रेसियोमा पनि सुधार
images
images

काठमाडौं- बैंकहरूमा निक्षेप बढ्न थालेको छ। नेपाल राष्ट्र बैंकका अनुसार फागुन ३० गते एकैदिन बैंकहरूमा ८ अर्ब निक्षेप आएको हो। राष्ट्र बैंकका अनुसार बैंकहरूको कुल निक्षेप ४९ खर्ब १ अर्ब रुपैयाँमा पुगेको छ।  

images
images
images

फागुन २९ मा ४८ खर्ब ९३ अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते एकैदिन ८ अर्ब रुपैयाँले बढेर ४९ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेप पनि एकैदिन ५ अर्ब रुपैयाँले बढेको छ। २९ गते ३४ खर्ब २८ अर्ब रुपैयाँ रहेको निक्षेप ३० गते ५ अर्बले बढेर ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। 

images
images

फागुन ३० मा बैंकहरूको कर्जा लगानी भने २ अर्ब रुपैयाँले घटेको छ। २९ गते ४६ खर्ब ९८ अर्ब रुपैयाँ लगानी भएको कर्जा लगानी ३० गते २ अर्बले घटेर ४६ खर्ब ९६ अर्ब रुपैयाँमा रहेको छ।  फागुन ३० गते बैंकहरूको औसत सीडी रेसियो केही घटेको छ। २९ गते ९०.५६ प्रतिशत रहेको औसत सीडी रेसियो ३० मा घटेर ९०.४७ प्रतिशमा झरेको छ। 

images
images

बैंकहरूको फागुनको अन्तिम साता वाणिज्य बैंकहरूले २ अर्बले निक्षेप बढाएका थिए। नेपाल बैंकर संघको तथ्यांकअनुसार फागुन २० देखि २७ गतेकोबीचमा २ अर्ब निक्षेप थप गरेका छन्। यही अवधिमा ऋण भने १ अर्ब रुपैयाँ घटेको थियो।  

पछिल्लो साता स्थानीय मुद्राको निक्षेप एक अर्बले घटेपनि विदेशी मुद्राको निक्षेपमा सुधार हुँदै २ अर्ब बढेको छ। स्थानीय मुद्रामा ऋण प्रवाह ४ अर्बले बढेपनि विदेशी मुद्रामा प्रवाह हुने ऋण पाँच अर्बले घटेको छ। समग्रमा पछिल्लो साता ऋण प्रवाह घटेको छ भने निक्षेप संकलन बढेको थियो। 


प्रकाशित : बुधबार, चैत २ २०७८०८:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend