बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

राष्ट्र बैंकको कारबाहीमा नबिल र प्रभुसहित १४ वाणिज्य बैंक, कुनलाई के कारबाही?

बुधबार, चैत २ २०७८
राष्ट्र बैंकको कारबाहीमा नबिल र प्रभुसहित १४ वाणिज्य बैंक, कुनलाई के कारबाही?

काठमाडौं- नेपाल राष्ट्र बैंकले १४ वाणिज्य बैंकलाई कारबाही गरेको छ। राष्ट्र बैंकको निर्देशन उल्लघन गरेको भन्दै राष्ट्र बैंकको सुपरीवेक्षण विभागले १४ वटा वाणिज्य बैंकलाई कारवाही गरेको हो।

प्रभु बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबि बैंक र सेञ्चुरी बैंक कारबाहीमा परेका हुन्।

राष्ट्र बैंक र पहिलो र दोस्रो त्रैमासमा केन्द्रीय बैंकको निर्देशन नमानेपछि कारबाही स्वरुप जरिवाना गरेको छ। केन्द्रीय बैंकले अनिवार्य नगद मौज्दात तथा बैधानिक तरलता अनुपात कायम नगरेको, ब्याजदर तीन महिनासम्म परिवर्तन गर्न नपाइने व्यवस्था उल्लंघन गरेका बैंकलाई पनि कारबाही गरेको हो। त्यस्तै खाता रोक्का राख्न दिइएको निर्देशन पनि बैंकहरूले पालना गरेका छैनन्।  

कूल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत बिन्दुभन्दा बढीले फरक गर्न नपाइने व्यवस्था उल्लघंन गरेको लगायत विषयमा बैंकलाई जरिवाना र सचेत गराइएको हो। 

nrb 1.png

12.png

123.png


प्रकाशित : बुधबार, चैत २ २०७८०७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend