आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुन तोलामा १२ सय रुपैयाँ घट्यो 

बुधबार, चैत २ २०७८
सुन तोलामा १२ सय रुपैयाँ घट्यो 

बुधबारका लागि चाँदीको मूल्य १३ सय ७० रुपैयाँ कायम भएको छ।

काठमाडौं- बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घटेको छ। मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तोलामा १२ सय रुपैयाँ घटेर ९९ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

त्यस्तै चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ। बुधबारका लागि चाँदीको मूल्य १३ सय ७० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : बुधबार, चैत २ २०७८०५:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend