बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कोमाकी र रेमोटोज विद्युतीय स्कुटर ब्रान्ड भित्रियो 

दुवै भारतीय ब्रान्ड, कोमाकी बिक्री सुरु, रेमोटोज टेस्ट ड्राइभमा

शुक्रबार, चैत ४ २०७८
कोमाकी र रेमोटोज विद्युतीय स्कुटर ब्रान्ड भित्रियो 

अहिले भने ठूला घरानासँगै स्टार्टअप कम्पनी नयाँ नयाँ ब्रान्डसहित बजारमा प्रवेश गरेका छन्। 

काठमाडौं- नेपाली बजारमा विद्युतीय स्कुटर ब्रान्ड आउने क्रम बढिरहेको छ। पछिल्लो केही महिनायता दर्जनभन्दा बढी विद्युतीय दुई पांग्रे ब्रान्ड भित्रिसकेका छन्। यस्तैमा कोमाकी र रायमाटोस ब्रान्डका विद्युतीय स्कुटर नेपाल आएका हुन्। 

विद्युतीय दुई पांग्रे सवारीको व्यापारमा ठूला व्यवसारिक घरानादेखि स्टार्टअप कम्पनीसम्म संलग्न रहेका छन्। विगतमा विद्युतीय दुई पांग्रे व्यापारमा ठूला व्यवसायिक घराना प्रत्यक्ष रुपमा लागेका थिएनन्। तर अहिले भने ठूला घरानासँगै स्टार्टअप कम्पनी नयाँ नयाँ ब्रान्डसहित बजारमा प्रवेश गरेका छन्। 

कोमाकी ब्रान्ड 

भारतीय विद्युतीय स्कुटर ब्रान्ड कोमाकीका दुई इलेक्ट्रिक स्कुटर भेनिस र एसई भित्रिएका छन्। कोमाकीको नेपालका लागि आधिकारिक बिक्रेता युनिटी ट्रेडिङ कन्सर्न प्रालि हो। कम्पनीले बालुवाटारमा कोमाकीको सोरुम बनाएर बिक्री सुरु गरिएको जनाएको छ। कोमाकीको स्कुटर बिक्री सुरु भएपनि ब्रान्डको औपचारिक सार्वजनिकीकरण केही समयमै हुने कम्पनीका सीईओ चन्द्रप्रकाश श्रेष्ठले बताए। 

कोमाकी भेनिसमा ३ हजार वाटको मोटर छ। ७२ भोल्ट ४० एम्पियर आवरको ब्याट्री छ। ब्याट्रीमा २ वर्षको वारेन्टी दिइएको कम्पनीको भनाइ छ। लामो समयसम्म स्कुटर प्रयोगमा नआउने कन्डिसन भयो भने ब्याट्रीलाई जोगाएर राख्नका लागि अन्डरसिट स्टोरेजमा एमसीबीको व्यवस्था छ। कोमाकीका स्कुटर ४ घण्टा फुल चार्ज हुनेछ। 

आधुनिक इलेक्ट्रिक स्कुटरमा हुने रिजेनेरेटिभ फिचर कोमाकीका स्कुटरमा छ। कुनै जामको समयमा ब्रेक लगाउँदा रिजेनेरेट हुन्छ, जसले गर्दा स्कुटरको रेन्ज समेत बढ्छ। यसको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ। त्यसैगरी यसमा सीबीएस अर्थात कम्बाइन्ड ब्रेकिङ सिस्टम समेत छ।

रेमोटोज ब्रान्ड

रेमोटोज पनि भारतीय विद्युती स्कुटर उत्पादक कम्पनी हो। भविष्यको मानव सवारीसाधन भनेको शून्य प्रदूषणयुक्त सवारी भएकाले रेमोटोजले विद्युतीय दुई पांग्रे सवारी उत्पादन गरेको हो। 

यो कम्पनीको उत्पादन प्लान्ट भारतको हरियाणामा रहेको छ। सो प्लान्टबाट वार्षिक ४८ हजार विद्युतीय स्कुटर उत्पादन गर्ने क्षमता राख्छ। यो क्षमता फस्ट फेजका लागि भएको कम्पनीको दाबी छ। 

रेमोटोज ब्रान्ड नेपाली बजारमा भवानी शंकर मोटर्सले भित्र्याएको हो। कम्पनीले हाल रेमोटोजका दुई मोडलका विद्युतीय स्कुटर नेपाल ल्याएर टेस्ट ड्राइभ गरिरहेको र अबको केही समयभित्रै थप मोडल ल्यार औपचारिक सार्वजनिक गर्ने तयारी गरेको छ। 

भवानी शंकर मोटर्सले नक्सालमा सोरुम समेत स्थापना गरिसकेको छ। यो कम्पनी विद्युतीय स्कुटर सहित पहिलोपटक अटोमोबाइल व्यवसायमा प्रवेश गरेको हो। 

विद्युतीय स्कुटर व्यवसायमा हिरो इलेक्ट्रिक ब्रान्ड सहित लक्ष्मी समूह, नाइनबोट ब्रान्डसहित मुरारका समूह, भारतीय ब्रान्ड राफ्ट मोटर्स लिएर आईएमई समूह, मिकू ब्रान्ड सहित क्लालिबर समूहलगात अन्य घरानाहरु आइसकेका छन्।

यसैगरि स्टार्टअप कम्पनीहरु समेत भारत तथा चीनका ब्रान्ड ल्याएर दुई पांग्रे विद्युतीय सवारी व्यवसायमा संलग्न छन्। नयाँ नयाँ ब्रान्ड समेत आउने क्रममा रहेका छन्।


प्रकाशित : शुक्रबार, चैत ४ २०७८०८:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend