काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल सेवा शुल्क नियमावली २०६७ लाई संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारीसँगै नियमावली २०६७ संशोधन गर्न लागेको हो। पुरानो नियमावलीका कतिपय प्रवाधनकै कारण विमानस्थल सञ्चालन हुन नसक्ने भएपछि मन्त्रालयले नियमावली संशोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
नियमावली संशोधनका लागि अर्थ मन्त्रालयले समेत सहमति दिइसकेको मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार अब भाषागत त्रुटी सञ्चाएर केही दिनभित्रै नियामावली संशोधनका लागि मन्त्रिपरिषदमा पठाउने तयारी भएको छ।
मन्त्रालयले विमानस्थल विकास शुल्क भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अन्तर्राष्ट्रिय यात्रा गर्ने हवाई यात्रुसँग प्रतिव्यक्ति १ हजार रुपैयाँ लिँदै आएको थियो। उक्त शीर्षकबाट रकम संकलन अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने भएको छ।
अर्थ मन्त्रालय स्रोतका अनुसार नियमावली संशोधन गर्दै कुनै एक विमानस्थल स्पेसिफिक नगरी अहिले सञ्चालनमा रहेको, सञ्चालनको तयारी भएका र पछि सञ्चालनमा आउने विमानस्थलको हकमा समान दर राख्न सहमति दिएको छ।
तर नयाँ विमानस्थललाई आकर्षित गर्न केही समय र केही रकम छुट दिने अधिकार भने नेपाल नागरिक उड्डयन प्राधिकरण बोर्डलाई दिने व्यवस्था गरिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ।
यसैगरी विमानस्थलको सवारी पार्किङ शुल्कमा पनि सामान्य वृद्धि गर्ने गरी नियमावली संशोधन भएको मन्त्रालय स्रोतको दाबी छ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोटरसाइकल, स्कुटर तथा रिक्सा पार्किङ शूल्यक प्रतिघण्टा ५ रुपैयाँ र प्रतिदिन ३० रुपैयाँ रहेको छ। यो रकम प्रतिघण्टा २० रुपैयाँसम्म र प्रतिदिन १ सय रुपैयाँसम्म बढाउने गरी नियमावली संशोधनको तयारी भएको छ।
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सवारी पार्किङ गर्दा लाग्ने शुल्क
यसैगरी मन्त्रालय स्रोतका अनुसार यात्रु सेवा शुल्क अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हकमा सार्क राष्ट्रभित्रका नागरिकको हकमा ७ सय रुपैयाँ र अन्य देशका नागरिकको हकमा १ हजार रुपैयाँ रहेको यसलाई पनि समान बनाउने गरी नियमावली संशोधनको तयारी भएको छ।
पर्यटन मन्त्रालय स्रोतका अनुसार सम्रगमा १० देखि १५ प्रतिशतसम्म बढ्ने गरी विमानस्थल सेवा शुल्क बढ्ने गरी नियमावली संशोधनको तयारी भएको छ। तर नयाँ विमानस्थलको हकमा भने विमानस्थलबाट उडानलाई आकर्षित गर्न केही छुट दिन सक्ने प्रावाधन राखिएको छ।
मन्त्रालयका स्रोतका अनुसार ल्यान्डिङ, पार्किङ तथा विश्राम शुल्कमा समेत सामान्य हेरफेर गरी सबै अन्तर्राष्ट्रिय विमानस्थलको लागि समान रेट बनाउने गरी नियमावली संशोधन हुने भएको छ।
पुरानो नियमावलीमा यस्ताे छ जहाज ल्यान्डिङ तथा जहाज पार्किङ शुल्क