बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नेप्से घट्दा पनि किन बढ्दैछ पुनर्बीमा कम्पनीको सेयर मूल्य? हकप्रददेखि व्यापार विस्तारसम्मको रणनीति

बुधबार, चैत २ २०७८
नेप्से घट्दा पनि किन बढ्दैछ पुनर्बीमा कम्पनीको सेयर मूल्य? हकप्रददेखि व्यापार विस्तारसम्मको रणनीति

काठमाडौं- उच्च अंकको वृद्धिपछि भारी गिरावट आएको नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य पुनः बढ्न थालेको छ। समग्र नेप्से परिसूचक १७.१५ अंकले घट्दा पनि पुनर्बीमाको सेयर मूल्य भने ५६ रुपैयाँले बढेको छ।

मंगलबार पुनर्बीमा कम्पनीको सेयर मूल्य ४.८७ प्रतिशत वृद्धि हुँदा अन्तिम कारोबार १२०७ रुपैयाँमा भएको छ। कम्पनीको मंगलबार १० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। ९१ हजार कित्ता कारोबार भएको थियो। 

nric.PNG

पुनर्बीमा कम्पनीले पछिल्लो एक वर्ष एकछत्र दोस्रो बजारमा राज गरेको थियो। पछिल्लो एक वर्षमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको सूचीमा नेपाल पुनर्बीमा कम्पनी परेको थियो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार गत वर्षको पुस मसान्तदेखि चालु वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै कारोबार हुने सूचीमा पुनर्बीमा कम्पनी परेको थियो।

कम्पनीको एक वर्षमा ४९ अर्ब ८ करोड ८१ लाख ९२ हजार बराबरको ३ करोड ८ लाख ८ हजार ७८१ कित्ता सेयर कारोबार भएको थियो।एक वर्षमा कम्पनीको सेयर मूल्य न्यूनतम १०५० रुपैयाँमा कारोबार भएको थियो भने उच्चतम २०१० रुपैयाँसम्म पुगेको थियो।

सेयरधनीले १९ प्रतिशत लाभांश पाइसकेका छन्। त्यसयता घटेको सेयर मूल्य पुनः बढ्न थालेको हो। १ खर्ब ४० अर्बको पुँजीकरण भइसकेको कम्पनीको चुक्ता पुँजी ११ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। 

पहिलो पुनर्बीमा कम्पनीको रुपमा नेपालमा भित्रिएको यस कम्पनीले २०७६ साल चैत ४ गतेदेखि ७ गतेसम्म आईपीओ जारी गरेको थियो। धितोपत्र दोस्रो बजारमा २०७७ जेठ २८ गतेदेखि कम्पनीको सेयर कारोबार सुरु भएको हो।

कम्पनीको चुक्ता पुँजी बढाउने रणनीतिसमेत रहेको छ। जसमा आगामी वर्ष हकप्रद दिनेगरीसमेत छलफल थालेको छ। कम्पनीले केही वर्षभित्रै २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउने नीतिसमेत लिएको छ।

नेपालको पहिलो रिइन्स्योरेन्स कम्पनी भए पनि पछिल्लो समय निजी क्षेत्रको लगानीमा हिमालयन रिइन्स्योरेन्स कम्पनीसमेत अनुमति पाएर सञ्चलानको तयारीमा रहेको छ। दुई कम्पनीको प्रतिस्प्रर्धा लोभलाग्दो हुने अनुमान गरिएको छ। 


प्रकाशित : बुधबार, चैत २ २०७८०१:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend