शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

नेप्सेले सार्वजनिक गर्‍याे धितोपत्र व्यापारीका लागि कारोबारयोग्य ११० कम्पनीको नामावली

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, माघ २८ २०८२
नेप्सेले सार्वजनिक गर्‍याे धितोपत्र व्यापारीका लागि कारोबारयोग्य ११० कम्पनीको नामावली

सार्वजनिक गरेको नामावली अनुसार नेप्सेले कुल ११० वटा कम्पनीलाई कारोबार योग्यका रूपमा सूचीकृत गरेको हो।

काठमाडाै‌ं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र व्यापारीहरूका लागि कारोबार गर्न योग्य कम्पनीहरूको नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको नामावली अनुसार नेप्सेले कुल ११० वटा कम्पनीलाई कारोबार योग्यका रूपमा सूचीकृत गरेको हो।

कुल कम्पनीमध्ये १९ वटा वाणिज्य बैंक र १० वटा विकास बैंक छन्। त्यस्तै २ वटा फाइनान्स, २२ वटा लघुवित्त संस्था, १० वटा जीवन बीमा कम्पनी, ११ वटा निर्जीवन बीमा कम्पनी, ६ वटा लगानी समूहका कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी, २४ वटा जलविद्युत कम्पनी २ वटा उत्पादन समूह, २ वटा होटल र २ वटा अन्य समूहका कम्पनी छन्।

धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३(२) बमोजिम मापदण्ड पूरा गरेका कम्पनीहरूलाई दफा ३(३) अनुसार अद्यावधिक गरी, सोही कार्यविधिको दफा ३(१) मा भएको व्यवस्थाअनुसार नेप्सेले उक्त नामावली सार्वजनिक गरेको जनाएको छ।

Nepse!!.PNG
nepse @@.PNG
nepse##.PNG


प्रकाशित : बुधबार, माघ २८ २०८२१६:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend