बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

लाभांश प्रस्ताव गरेकै दिन टेलिकमको सेयर मूल्यमा भारी गिरावट, 'इन्साइडर ट्रेडिङ' भएकै हो?

मंगलबार, चैत १ २०७८
लाभांश प्रस्ताव गरेकै दिन टेलिकमको सेयर मूल्यमा भारी गिरावट, 'इन्साइडर ट्रेडिङ' भएकै हो?

काठमाडौं- नेपाल टेलिकमले इतिहासमै पहिलो पटक सेयर लाभांश प्रस्ताव गरेकै दिन सेयर मूल्यमा भने भारी गिरावट आएको छ। टेलिकमले ४० प्रतिशत लाभांश घोषणा गरेको थियो।

इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेकै दिन सेयर मूल्य प्रतिकित्ता ८८ रुपैयाँ रुपैयाँले घटेको छ। कम्पनीको सेयर मूल्य घटेर १६२६ रुपैयाँमा आएको छ। 

ntc 123244.PNG

कम्पनीको सेयरमा इन्साइडर ट्रेडिङ भएको आशंका लगानीकर्ताहरूले गरेका छन्। सेयर लाभांशको सूचना चुहाएर टेलिकममा ठूला लगानीकर्ताले सेयर मूल्य बढाएको र लाभांश घोषणापछि बिक्री गर्न थालेपछि सेयर मूल्य घटेको आंशका गरिएको छ। मंगलबार टेलिकमको २ लाख ३ हजार कित्ता सेयर कारोबार हुँदा ३४ करोड २३ लाख रुपैयाँको किनबेच भएको छ।

कम्पनीको सूचना चुहाएर एकवर्ष यताकै महँगो मूल्य १७९९ सम्म सेयर मूल्य पुगेको थियो। टेलिकमको ९७२ रुपैयाँ न्यूनतम मूल्यमा कारोबार भएको थियो। 

टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो। कम्पनीले सेयरधनीलाई २० प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ। 

कम्पनीको बजार पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३-७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : मंगलबार, चैत १ २०७८०९:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend