आइतबार, भदौ २३ गते २०८१    
images
images

बागलुङका २३६ किसानले पाए अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
images
images
बागलुङका २३६ किसानले पाए अनुदान
images
images

बागलुङ- पशुपन्छी तथा माछापालन गरिरहेका बागलुङका २ सय ३६ किसानले अनुदान पाएका छन्। बागलुङ नगरपालिकाले पशुपन्छी तथा माछापालन गरेर गुजारा चलाउँदै आएका २ सय ३५ किसान र एक सहकारीलाई एकै पटक अनुदान रकम उपलब्ध गराएको हो।

images
images
images

बागलुङ नगरपालिका-४ ओडारचौरमा रहेको श्री कृष्ण गाई भैँसी फार्म उद्योगमा २ सय किसान जम्मा गरेर नगरपालिकाको पशु शाखाले किसानलाई नगद तथा चेक सोमबार उपलब्ध गराएको हो।

दूध तथा मासुको उत्पादन बढाउनका लागि पाडापाडी संरक्षण कार्यक्रमअन्तर्गत १४ किसान र एक सहकारीले हुर्काइरहेका पाडापाडीका लागि अनुदान उपलब्ध गराइएको छ। अनुदान पाउने एकमात्रै सहकारी वडा नं ११ को जैविक कृषि सहकारी हो। प्रतिपाडापाडी १० हजार रूपैयाँका दरले किसानलाई अनुदान उपलब्ध गराइएको हो। श्री कृष्ण गाईफार्मले मात्रै १८ वटा पाडापाडी एकै ठाउँमा हुर्काइरहेको छ।

त्यस्तै मासुकै उत्पादनको लागि एक सय किसानले अनुदान पाएका छन्। प्रतिबाख्रा ६ हजार रूपैयाँका दरले किसानले अनुदान पाएका हुन्। कुखुरापालन गरेर खर्च चलाइरहेका ४२ किसानले ४ हजार ३ सय रूपैयाँका दरले अनुदान रकम पाएको पशु शाखाका प्रमुख शशीधर शर्माले बताए। बङ्गुरपालन गरेका ३६ किसानलाई ६ हजार रूपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको छ।

images

माछापालनमा सहभागी किसानले प्रतिपोखरी पुरानोले मर्मत खर्च १० हजार र नयाँ पोखरीका लागि २५ हजार रूपैयाँका दरले अनुदान पाएका छन्। ४३ वटा माछापोखरीका लागि अनुदान उपलब्ध गराइएको उनले बताए। किसानको प्रोत्साहनका लागि घर घरमै पुगेर व्यवसाय जाँच गरेपछि अनुदान उपलब्ध गराइएको उनले बताए।

बागलुङ नगरपालिकाको १० लाख र नेपाल सरकारको थप १५ लाख गरी नगरले एकैपटक २५ लाख रूपैयाँ किसानको हातमा पुर्‍याएको हो।

'पशुपन्छी पालिरहेकाको समस्या भएन, माछाका लागि नयाँ पोखरीको हामी निरन्तर अनुगमन गर्नेछौँ', उनले भने, 'अनुदान रकम पनि किसानकै पैसा हो, आफ्नै खर्च सम्झेर सदुपयोग गर्न र आम्दानी बढाउन भनेका छौँ।'

अनुदान रकम वितरण गर्दै नगरप्रमुख जनकराज पौडेलले पशुपालनजस्तो कठिन काम गरेर उपभोक्ताको भोक मेटाउन सहयोग गरेको भन्दै किसानलाई धन्यवाद दिए। रासस 


प्रकाशित : मंगलबार, चैत १ २०७८०८:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend