शनिबार, साउन १२ गते २०८१    
images
images
images

तरलताको असर ब्याजदरमा, अधिकांश बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्यो, कुनको कति ?

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
तरलताको असर ब्याजदरमा, अधिकांश बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्यो, कुनको कति ?

असोजका लागि बाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती खाता ब्याजदर बढाएका छन्। अधिकांश बैंकहरुको मुद्दतीको ब्याजदर करिब १/२ प्रतिशतको हाराहारीमा बढेको छ। 

images

काठमाडौं- असोजका लागि बाणिज्य बैंकहरूले साधारण बचत र मुद्दती खाता ब्याजदर बढाएका छन्। अधिकांश बैंकहरूको मुद्दतीको ब्याजदर करिब १/२ प्रतिशतको हाराहारीमा बढेको छ। 

images
images

मुद्दतीको ब्याजदरसँगै बैंकहरूले साधारण बचतको ब्याजदर समेत बढाएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति अनुरुप ब्याजदर मार्फत रेमिटान्स मार्फत प्राप्त हुने बचतको परिचानल गर्ने उद्देश्यले थप अतिरिक्त १ प्रतिशत ब्याजदर दिनुपर्ने व्यवस्था गरेको छ। 

images

उक्त १ प्रतिशत ब्याजदर सहित बाणिज्य बैंकहरूले मुद्दतीमा दोहोरो अंकले ब्याजदर बढाएका छन्। कुमारी, ग्लोबल आइएमई, सनराइज लगायतका बैंकहरूको मुद्द्तीको ब्याजदर १०.५ प्रतिशतसम्म पुगेको छ। ग्लोबल आईएमई बैकले मुद्दतीको ब्याजदर करिब १०.५ प्रतिशत तोकेको छ।

यसैगरी सनराइज बैंकले  १०.०७  र सानिमा बैंकले १०.०१ प्रतिशतसम्म ब्याजदर कायम गरेको छन्। यसैगरी अन्य बैंकहरुले ८ देखि ९.५ प्रतिशतको हाराहारीम ब्याजदर कायम गरेका छन्। यसैगरी ब्याजदर बढाउने सन्दर्भमा एनएमबी बैंक पनि अग्रस्थानमा नै देखिएको छ। 

images

दोहोरो अंकमा मुद्दतीको ब्याजदर कायम गरेका छन्। स्टाण्डर्ड चार्टर्ड, नेपाल एसविआई, हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकले ब्याजदरमा ठूलो अन्तरले परिवर्तन गरेका छैनन्।  

बैंकिङ प्रणालीमा तरलताको अभाव हुन थालेपछि निक्षेप खोसाखोस गर्नका लागि ब्याजदर बढाउने होडबाजी चलेको छ। निक्षेपको ब्याजदर बढ्दा कर्जाको ब्याजदर समेत स्वत बढ्ने देखिन्छ। निक्षेपमा भएको बृद्धिका कारण बैंकको कष्ट अफ फण्ड बढ्ने र कर्जाको ब्याजदर करिब १० प्रतिशत भन्दा माथि पुग्ने देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कनुसार औषत कर्जाको ब्याजदर ८.५३ प्रतिशत रहेको थियो।

नेपाल कर्जाको मागको तुलनामा निक्षेप कम संकलन हुँदा तरलताको दबाब देखिएको हो। बजारमा तरलताको समस्या देखिन थालेपछी नेपाल राष्ट्र बैंकले पछिल्लो ‘ओपन मार्केट अपरेसन मार्फत’ दुई सातामा दुई पटक गरी करिब ५० अर्ब रुपैयाँ तरलता पठाएको छ। बजारमा तरलताको अभाव देखिन थालेपछी बैंक तथा वित्तीय संस्थाले अन्तर बैंक सापटी र ‘एसएलएफ’ लिनेक्रम तिब्ररुपमा बढेको छ। 

साउन महिनाको पहिलो सातामा नेपालको बैंकिङ प्राणलीमा करिब ३७ अर्ब ३७ करोड रुपैयाँ तरलता रहेकोमा भदौ ३० गतेसम्मा घटेर २० अर्ब रुपैयाँ रहेको नेपाल राष्ट्र जनाएको छ। 

अध्यादेश मार्फत आएको बजेटको अन्योलता र संसदबाट प्रतिस्थापन विधेयक समयमा नै पारित हुन नसक्दा सरकारी खर्च प्रभावित भयो । सरकारले यसबीचमा तिब्ररुपमा राजस्व भने उठाइरहेको छ। राजस्व संकलन गरेर ढुकुटीमा राख्ने तर खर्च हुननसक्ने प्रवृतिका कारण तरलतमा समस्या भएको हो।  

बैंक

साधारण निक्षेप (%)

मुद्दती (%)

 

एनआइसी एसिया

 ३.६

८.६

 

 

 

 

 

हिमालयन बैंक

४.१५ -६.१५

५ – ८.५०

 

एभरेष्ट बैंङ्क

३.६१- ४

७ – ८.६१

 

 

 

 

 

नेपाल एसबिआई बैंक

३।५५

४।०५ –८.५५

 

स्टाण्डर्ड चार्टड बैंक

२।७५ – ४

३ – ७.५

 

सेन्चुरी बैंक

४।२५ – ६.२५

८ – ९.२५

 

 

 

एनएमबी बैंक

४.५२-६.५२

७.५०- ९.५२

 

 

 

नेपाल इन्भेष्टमेन्ट बैंक

४.०२

९.०२

सानिमा बैंक

४.५१ – ५

७ -१०.०१

नविल बैंक

४.२६-६.२६

७.५१ – ९.०१

सिटिजन बैंक इन्टरनेशनल

३ – ५

७.५-८

प्राइम कमर्सिएल बैंक

४.७६-५.७६

८-९.५०

सनराइज बैंक

५.०७

९.१० – १०.०७

मेगा बैंक

५.०५-६.०५

८-९.५५

नेपाल बंङलादेश बैंक

३.७६ – ४.७६

८.५१– ८.७६

सिद्धार्थ बैंक

४.०५-५.०५

८.२५ – ९.०५

ग्लोबल आइएमई बैंक

४.५०

 ८.८०-१०.५०

बैंक अफ काठमान्डू

३.७७-५.२७

 ६.२७-८.७७

लक्ष्मी बैंक

४-६

एनसीसी बैंक

४.२६-५

६.५ – ९

सिभिल बैंक

४.२५–६.२५

७.२५-९.२५

प्रभु बैंक

 

 

 

३.२५-५

६.७५–८.२५


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१३:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend