आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट बन्द गराउन निर्देशन 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
क्रिप्टोकरेन्सीसँग सम्बन्धित वेबसाइट बन्द गराउन निर्देशन 

सरकारको निर्णय नुसार प्राधिकरणले यस्ताव वेबसाइट बन्द गराउन निर्देशन दिएको हो। 

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सीको कारोबार हुने वेबसाइट तथा एप्लिकेशनहरू बन्द गराउन निर्देशन दिएको छ। 

सरकारको निर्णय नुसार प्राधिकरणले यस्ताव वेबसाइट बन्द गराउन निर्देशन दिएको हो। 

क्रिप्टो, अनलाइन नेटवर्किङको कारोबार हुने वेबसाइटलाई नेपालभित्र प्रतिबन्ध गराउन प्राधिकरणले इन्टरनेट सेवाप्रदायकहरूलाई निर्देशन दिइसकेको छ। 

विदेशी मुद्राको सञ्चिति निरन्तर घट्दै आएको छ। अर्कोतिर विदेशी मुद्रा प्राप्तिको मुख्य स्रोत रेमिट्यान्स घट्ने क्रम रोकिएको छैन। 

रेमिट्यान्स घट्ने विदेशी विनिमयको सञ्चिति घट्न थालेपछि सरकारले क्रिप्टो लगायतका कारोबारमा विदेशी मुद्रा बाहिरिएको आशंका गरेको छ। यस्ता गतिविधि नियन्त्रण गर्न भन्दै वेबसाइट प्रतिबन्ध गर्न निर्देशन दिएको हो। 

dur patra.jpg


प्रकाशित : मंगलबार, चैत १ २०७८०८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend