काठमाडौं- राजस्व अनुसन्धान विभागले नेपालमा बसेर क्रिप्टोकरेन्सीमा लगानी गरी विदेशी विनिमयको अपचलन गरेको आरोपमा दुईजनाविरुद्ध मुद्दा दायर गरेको छ।
विभागले रतुवामाई ७ मोरङका पुस्कर श्रेष्ठ र बिनिता लिम्बूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ।
अभियुक्त दुईजनाले विभिन्न एप्लीकेसन मार्फत् नेपालबाटै क्रिप्टोमा लगानी गरेको र यसका लागि अमेरिकी डलरको अवैध कारोबार गरेको विभागले अनुसन्धानले देखाएको छ।
प्रतिवादी मध्येका पुस्कर श्रेष्ठले विभिन्न बैंकबाट ७ करोड ५७ लाख ७१ हजार ९५८ रुपैयाँ बराबरको अमेरिकी डलर कारोबार गरेका थिए।