आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य, मंगलबार १८ सय रुपैयाँ घट्यो

मंगलबार, चैत १ २०७८
लगातार दोस्रो दिन पनि घट्यो सुनको मूल्य, मंगलबार १८ सय रुपैयाँ घट्यो

मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ।

काठमाडौं- सोमबार प्रतितोला ५ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १८ सय रुपैयाँले घटेको छ। मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँ घटेको हो। मंंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, चैत १ २०७८०५:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend