आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

आठ महिनामा २० प्रतिशत पुँजीगत खर्च

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
आठ महिनामा २० प्रतिशत पुँजीगत खर्च

सरकारको यो वर्षको खर्च गत वर्षको भन्दा न्यून हो। गत वर्षको यही अवधिमा सरकारले ७९ अर्ब खर्चिएको थियो।  

काठमाडौं- चालु आर्थिक वर्षको आठ महिनामा सरकारले विनियोजनको २० प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ। 


महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले साउनदेखि फागुन मसान्तसम्म ७७ अर्ब १४ करोड ६८  लाख रुपैयाँ खर्चिएको छ। यो वार्षिक विनियोजनको २०.४ प्रतिशत मात्र हो। 

यो वर्षका लागि सरकारले ३ खर्ब ७८ अर्ब पुँजीगत बजेट विनियोजन गरेको छ। आठ महिनामा यसको २० प्रतिशत मात्र खर्च गरेको सरकारले आगामी चार महिनामा ८० प्रतिशत बजेट खर्च गर्नुपर्ने हुन्छ।

सरकारको यो वर्षको खर्च गत वर्षको भन्दा न्यून हो। गत वर्षको यही अवधिमा सरकारले ७९ अर्ब खर्चिएको थियो।  

यद्यपी सरकारले मध्यावधि समीक्षाबाट खर्चको लक्ष्य घटाएको छ। 

वित्तीय व्यवस्था तर्फ भने सरकारले यो अवधिमा विनियोजनको ३१ प्रतिशत खर्च गरेको छ। संघीय सरकारले विभिन्न स्वायत्त निकायका परियोजनामा गर्ने यस्तो विनियोजनलाई पनि पुँजी निर्माण केन्द्रित मानिन्छ। सरकारले यो अवधिमा ५९ अर्ब ७१ करोड खर्चिएको छ। 

 


प्रकाशित : मंगलबार, चैत १ २०७८०५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend