शनिबार, साउन १२ गते २०८१    
images
images
images

वित्तीय साक्षरता विस्तारका लागि ग्लोबल आईएमई बैंकले निड्ससँग गर्‍यो सम्झौता 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
images
images
वित्तीय साक्षरता विस्तारका लागि ग्लोबल आईएमई बैंकले निड्ससँग गर्‍यो सम्झौता 

संस्थानले छनौट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको तालिमको व्यवस्था गरि सहुलियतपूर्ण कर्जाको लागि बैंकलाई सिफारिस गर्नेछ । 

images

काठमाडौं-  ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थान बीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तित्वहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

images
images

सम्झौताअनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा बैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्धार गरिएका लगायत  लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । 

images

नेपाल विकास अध्ययन संस्थानले सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरी कार्यक्रममा छनौटका लागिी आवेदन माग गरी लक्षित व्यक्तिहरूको सूची बनाउनेछ । संस्थानले छनौट गरेका व्यक्तिहरूलाई उचित अभिमुखीकरणको तालिमको व्यवस्था गरि सहुलियतपूर्ण कर्जाको लागि बैंकलाई सिफारिस गर्नेछ । 

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल विकास अध्ययन संस्थानका कार्यकारी निर्देशक चिरञ्जिबी बरालले हस्ताक्षर गरेका छन्। 

images


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८१३:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend