बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

इतिहासमै पहिलो पटक नेपाल टेलिकमको सेयर र नगदसहित लाभांश घोषणा, नगद र बोनस सेयर कति?

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १ २०७८
इतिहासमै पहिलो पटक नेपाल टेलिकमको सेयर र नगदसहित लाभांश घोषणा, नगद र बोनस सेयर कति?

काठमाडौं- नेपाल टेलिकमको सेयरले ४० प्रतिशत लाभांश घोषणा गरेको छ। इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर लाभांश र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। 

टेलिकमको सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने दिने निर्णय गरेको हो। कम्पनीले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

गत आवको द्वितीय त्रैमासिक अवधि (२०७७ पुस मसान्त) सम्मको खुद मुनाफा ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रहेकोमा चालु आवको सोही अवधि ९२०७८ पुस मसान्त० मा ६० करोड ८४ लाख ८१ हजार (अर्थात १८.४९ प्रतिशत) ले वृद्धि भई ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ। 

 वर्ष ४० प्रतिशत नगद लाभांश दिएको थियो।  तर १० वर्षको इतिहासमा हालसम्म नगद मात्रै लाभांश दिएको छ। कम्पनीको १५ करोड कित्ता सेयर रहेको छ। १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ।

कम्पनीको बजार पुँजीकरण २ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३र७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो।


प्रकाशित : मंगलबार, चैत १ २०७८०२:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend