शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

अवतार ७ नेपाल आयो, छापियो एमआरपी

बिहीबार , माघ २२ २०८२
अवतार ७ नेपाल आयो, छापियो एमआरपी

अवतारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले हालै अवतार ७ को अधिकमत खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको हो।

काठमाडौं- चिनियाँ प्रिमियम विद्युतीय सवारी उत्पादक अवतारको नयाँ कार नेपाल आउने भएको छ। यसअघि अवतारको लक्जरी विद्युतीय कार अवतार ११ नेपाली बजारमा आएको थियो। 

अवतार ११ ठूलो आकारको विद्युतीय एसयूभी हो भने नयाँ आउन लागेको अवतार ७ अर्वान एसयूभी हो। अवतारको नेपालका लागि आधिकारिक बिक्रेता सीजी एमएडब्लू इभोलुसन प्रालिले हालै अवतार ७ को अधिकमत खुद्रा बिक्री मूल्य सार्वजनिक गरेको हो। 

यससँगै कम्पनीले अवतार ७ को आयात प्रक्रिया सुरु गरेको र अबको केही दिनमा उक्त विद्युतीय कार नेपाल आइपुग्ने छ। 

सीजी एमएडब्लूले ल्याउन लागेको नयाँ कारको मोडल नाम अवतार ७(ई१५) रहेको छ। १ सय ९० किलोवाट पिक पावरको मोटर भएको यो कारको अधिकतम खुद्रा बिक्री मूल्य १ करोड १० लाख हुने कम्पनीले जनाएको छ। सवारी आयात गर्दा आयातकर्ता कम्पनीले आयात गर्न लागेको कारको अधिकमत खुद्रा बिक्री मूल्य(एमआरपी) अनिवार्य रुपमा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

Avatr Logo.jpg 

अवतार ७ को लम्बाइ ४८ सय २५ एमएम, चौडाइ १९ सय ८० एमएम, उचाइ १६ सय २० एमएम र ह्वीलबेस २९ सय ४० एमएम रहेको छ। रेयर ह्वील ड्राइभ अप्सनमा आउने अवतार ७ मा ८२ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ। 

अवतार ७ मा रहेको उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ६ सय ५० किलोपाटर रेन्ज दिने (सीएलटीसी) छ। यो विद्युतीय कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमै तय गर्न सक्छ। 

अवतार ब्रान्ड नेपाली बजारमा चौधरी समूह र एमएडब्लू समूहले संयुक्त रुपमा नेपाल भित्र्याएका हुन्। यी दुई समूहले संयुक्त रुपमा २०८१ बैशाखमा अवतार टेक्नोलोजीसँग सम्झौता गरेका थिए। एमएडब्लू र चौधरी समूहले संयुक्त रुपमा आयात गरेको आयातकर्ता कम्पनीको नाम ‘सीजी एमएडब्लू इभोलुसन प्रालि’बाट पनि प्रष्ट हुन्छ। 


प्रकाशित : बिहीबार , माघ २२ २०८२१०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend