आइतबार, असोज ६ गते २०८१    
images
images

२० लाख सेयर लगानीकर्ताको 'डेटा' सुरक्षित छ? 

images
सोमबार, फागुन ३० २०७८
images
images
२० लाख सेयर लगानीकर्ताको 'डेटा' सुरक्षित छ? 

डेटा सेन्टरमा के कस्तो समस्या आएको हो भनेर नेप्सेले ब्रोकरसँग स्पष्टीकरण सोध्ला उनीहरूले देलान्। समस्या भोलिसम्म समाधान पनि होला। डेटा लस्ट भएपनि अरु सर्भरमा रहेको ब्याकअपले जोगाउला पनि। तर यदि यो कमजोर प्रणालीबाट डेटा सुरक्षित हुन्छ भन्ने आधार के? 

images
images

काठमाडौं- आज (सोमबार) दिनभर नेपालको सेयर बजार कारोबार प्रभावित भयो। १ घण्टा ५३ मिनेट मात्र चलेर सेयर बजार बन्द भयो। 

images
images
images

आज सेयर बजार प्रभावित हुनुको मुख्य कारण हो दोस्रो बजारको अनलाइन कारोबार प्रणालीको सफ्टवेयरमा समस्या आउनु। नेपालमा सेयर बजारमा अनलाइनको कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा समस्या आउँदा कारोबार नै प्रभावित भयो। 

लगभग कारोबार दिनभर नै अवरुद्ध भयो। यो समाचार तयार पार्दासम्म पनि प्रणालीमा आएको समस्या समाधान भएको छैन। नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीका अनुसार समाधानको प्रयास भइरहेको छ। 

टीएमएस ब्रोकर कम्पनीहरूले सञ्चालन गर्ने प्रणाली हो। नेपालमा भएका सबै ब्रोकर कम्पनीले छुट्टाछुट्टै रुपमा यो प्रणाली सञ्चालन गर्दै आएका छन्। उनीहरूले सेयर खरिद बिक्री तथा व्यवस्थापन अनलाइनबाट गर्दै आएका छन्। 

images

तर यही प्रणालीमा समस्या आएको छ। कम्तिमा ३२ कम्पनीको प्रणालीमा आज यस्तो समस्या देखिएको थियो। नेप्सेलाई ब्रोकरहरूले दिएको जानकारी अनुसार डेटा सेन्टरमा समस्या आउँदा प्रणालीले काम नगरेको हो। 

टीएमएस चलाउने ब्रोकरले सामूहिक रुपमा एउटा कम्पनीले सञ्चालन गरेको कम्पनीबाट डेटा स्टोरेज सुविधा लिइरहेका छन्। थापाथलीमा रहेको डेटाहबमा उनीहरूले डेटा स्टोरेज गरिरहेका छन्। त्यही डेटा सेन्टरमा समस्या आउँदा समस्या आएको छ। डेडिकेटेड सुविधा लिएकाहरूकोमा समस्या नआएपनि सेयरिङमा स्टोरेज सुविधा लिएकाहरूकोमा बढी समस्या देखिएको छ। 

बिहानदेखि डेटा सेन्टरमा समस्या आएपनि अहिलेसम्म रिकभर हुन सकेको छैन। समस्याका बारेमा ब्रोकरहरूले नेप्सेमा अहिलेसम्म विस्तृत जानकारी गराएका छैनन्। 

नेपालमा डेटा स्टोरेज सम्बन्धी विशेष नियमन तथा कानूनको व्यवस्था छैन। यसको गुणस्तरका बारेमा कुनै मापदण्ड बनेको छैन। यद्यपि नेप्सेले यो प्रणाली लागु गर्दा ब्रोकरहरू आफैले डेटा सेन्टर राख्नुपर्ने व्यवस्था गरेको थियो। त्यतिबेला ब्रोकरले आन्दोलन गरेर त्यो मापदण्ड हटाएका थिए। 

एकीकृत नियमन तथा मापदण्ड नभएको र बजार व्यवस्थापकको निर्देशन नमानी लाखौं नेपालीको वित्तीय सूचनाको भण्डारणजस्तो संवेदनशील कुरामा खेलवाड भएको अहिले आएर उदांगिएको एक ब्रोकर सञ्चालकले बताए। 

'हामी आफै ब्रोकर हौं। म सुरुदेखि नै डेटा भण्डारणका मामिलामा कडाइ हुनुपर्छ र गम्भीर हुनुपर्छ भनेर हिड्ने मान्छे हुँ। आज पनि हाम्रो स्टोरेजमा समस्या छैन कम्तिमा हामीले डेडिकेटेड सुविधा लिएका छौं,' उनले भने। 

इन्टरनेटमा आधारित स्टक कारोबार प्रणाली सुरुदेखि नै कमजोर भएको र यसले गम्भीर परिणाम ल्याउनसक्ने नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा रेवतबहादुर कार्की बताउँछन्। 

'हामी हुँदा अन्तर्राष्ट्रिय स्तरको प्रणाली ल्याउन खोजेका थियौं। त्यो हुँदा धेरै विश्वासनीय हुन्थ्यो। उत्तरदायित्वसहितको प्रणाली सञ्चालन हुने थियो। तर अहिले यत्रो समस्या आयो यसको जिम्मेवारी कसले लिने?,' कार्कीले भने' 'हाम्रो अहिलेको प्रणालीको आधार नै कमजोर छ। यसमा अरु थप कुरा गर्नै आवश्यक छैन।' 

डेटा सेन्टरमा के कस्तो समस्या आएको हो भनेर नेप्सेले ब्रोकरसँग स्पष्टीकरण सोध्ला उनीहरूले देलान्। समस्या भोलिसम्म समाधान पनि होला। डेटा लस्ट भएपनि अरु सर्भरमा रहेको ब्याकपले जोगाउला पनि। तर यदि यो कमजोर प्रणालीबाट डेटा सुरक्षित हुन्छ भन्ने आधार के? 

 


प्रकाशित : सोमबार, फागुन ३० २०७८१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend