बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

शिखर इन्स्योरेन्सको हकप्रद सेयरमा भोलिदेखि आवेदन दिन पाइने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ३० २०७८
शिखर इन्स्योरेन्सको हकप्रद सेयरमा भोलिदेखि आवेदन दिन पाइने

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनीले चैत १ गते (मंगलबार) देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले ३० प्रतिशत अर्थात् १ः३ अनुपातमा १०० रूपैयाँ अंकित दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

उक्त हकप्रद सेयरमा आवेदकले चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि माघ २१ गते बुक क्लोज गरिसकेको छ। यस आधारमा माघ २० गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ७५ करोड रूपैयाँ रहेको छ। यो हकप्रद सेयर निष्कासन बाँडफाँटपश्चात पुँजी २ अर्ब २८ करोड रूपैयाँ पुग्नेछ। 


प्रकाशित : सोमबार, फागुन ३० २०७८१३:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend