शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

दिपल ईभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी, नेपालकै सबैभन्दा लामो ‘एक्टेन्डेड वारेन्टी’

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, माघ २० २०८२
दिपल ईभीका ब्याट्रीमा अब ११ वर्ष वा ३ लाख किलोमिटर वारेन्टी, नेपालकै सबैभन्दा लामो ‘एक्टेन्डेड वारेन्टी’

दिपलका ईभीमा संसारको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको सबैभन्दा अनुभवी अटो निर्माता चांगानका अत्याधुनिक मोटर जडान गरिएको छ।

काठमाडौं- नेपालको लक्जरी ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्प प्रालिले दिपलका ईभीका ब्याट्रीमा ११ वर्ष वा तीन लाख किलोमिटरसम्मको वारेन्टी घोषणा गरेको छ। यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी ब्याट्री वारेन्टी हो।

दिपलका ईभीहरूमा चांगान अटोमोबाइलले ब्याट्रीमा ८ वर्ष वा दुई लाख ४० हजार किलोमिटर र मोटरमा ८ वर्ष वा एक लाख ५० हजार किलोमिटर वारेन्टी दिने गरेको छ। अब भने एमएडब्लू वृद्धिले ‘एक्टेन्डेड वारेन्टी’मार्फत ब्याट्रीमा ११ वर्ष वा ३ लाख किलोमिटर र मोटरमा ११ वर्ष वा दुई लाख किलोमिटर वारेन्टी दिने भएको हो। यसले ईभी स्वामित्वलाई अझ धेरै चिन्तारहित बनाउनेछ। 

दिपलका ईभीमा संसारको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री र चीनको सबैभन्दा अनुभवी अटो निर्माता चांगानका अत्याधुनिक मोटर जडान गरिएको छ। 

यो ‘एक्टेन्डेड वारेन्टी’अन्तर्गत दिपलका ग्राहकले ‘हाइभोल्टेज ब्याट्री पार्ट्स’, ‘सेफ्टी एन्ड कन्ट्रोल कम्पोनेन्ट’ र ‘म्यानुफ्याक्चरिङ डिफेक्ट’ लगायतका ‘हाइभोल्टेज ईभी कम्पोनेन्ट’मा वारेन्टी पाउनेछन्। यसका साथै यो वारेन्टीले ‘ट्रयाक्सन मोटर एसेम्ब्ली’, ‘मोटर कन्ट्रोल युनिट’सहितको ‘इलेक्ट्रिक मोटर सिस्टम’को महत्त्वपूर्ण भागहरूलाई पनि कभर गर्छ।

‘यो केबल एक्टेन्डेड वारेन्टी मात्र होइन, विश्वासको अभिव्यक्ति पनि हो,’ एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘सीएटीएलको गोल्डेन शिल्ड ब्याट्री र चांगानको अत्याधुनिक इलेक्ट्रिक मोटरमाथिको हाम्रो विश्वासका आधारमा हामीले नेपाली ग्राहकको पिस अफ माइन्डलाई ध्यानमा राखेर यो एक्टेन्डेड वारेन्टी लागू गरेका हौँ।’

यो घोषणासँगै एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपालका ईभी ग्राहकहरूप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि मात्र गरेको छैन, ईभीको स्वामित्व सुनिश्चितता पनि प्रदान गरेको कम्पनीको भनाइ छ। 


प्रकाशित : मंगलबार, माघ २० २०८२१४:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend