शनिबार, वैशाख २९ गते २०८१    
images
images

महाकाली लोकमार्गमा ६ वटा पक्की पुल बनाइने

images
बिजनेस न्युज
images
images
महाकाली लोकमार्गमा ६ वटा पक्की पुल बनाइने

कञ्चनुपरको ब्रह्मदेवदेखि दार्चुला टिङ्करसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ। चालु आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी छ वटा ठाउँमा पुल निर्माण हुने भएको हो। 

images
images

दार्चुला– कञ्चनुपरको ब्रह्मदेवदेखि दार्चुला टिङ्करसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा ६ वटा पक्की पुल निर्माण हुने भएको छ। चालु आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी छ वटा ठाउँमा पुल निर्माण हुने भएको हो। 

images
images
images

पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडक योजना प्रमुख आशुतोष कर्णले बताए। उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा दुई वटा, बैतडीको नीलगाड र कसानी खोलामा दुई वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा दुई ठाउँमा पक्की पुल निर्माण हुनेछन्। 

images

आर्थिक वर्ष २०६५/६६ बाट निर्माण सुरु गरिएको यो सडकखण्डले गति लिएको छैन। अहिले सडकको ट्र्याक खुलाउने, ब्याक किट तथा पुल निर्माणको काम सँगसँगै अघि बढाउन लागिएको हो। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म कूल ४२५ किलोमिटर सडक पर्दछ भने खलङ्गा सदरमुकामदेखि टिङ्कर ३० किलोमिटर दूरी रहेको छ।

images

टिङ्कर सडक योजनाका अनुसार महाकाली लोकमार्गको दार्चुलामा ९० किलोमिटर, बैतडीमा ५७ किलोमिटर र डडेल्धुरामा १३ किलोमिटर सडकको अस्थायी ट्र्याक खुलाइएको छ। यो सडकखण्डको त्रिदेशीय नाका टिङ्कर जोड्ने गरी ८७ किलोमिटर सडकखण्डको ट्र्याक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ।

images
images

नेपाली सेनाले चालु आर्थिक वर्षदेखि काम थालेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। महाकाली लोकमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा कूल एक अर्ब तीन करोड बजेट विनियोजन भएको छ। सोमध्ये नेपाली सेनालाई २२ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। 

सात दिनको तलब विपद् कोषमा जम्मा गरिने

दुहुँ गाउँपालिकाले दुहुँ बाढीपीडित पुनःस्थापनाका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सात दिन बराबरको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ। दुहुँ गाउँ कार्यपालिका बैठकले भदौ १३ गते आएको बाढीपहिरो पीडितको पुनःस्थापनाका लागि रकम जम्मा गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले पालिकामा रहेका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सात दिन बराबरको तलब गाउँपालिकाले खोलेको विपद् कोषमा राख्ने निर्णय भएको गाउँपालिका प्रवक्ता गोविन्द डडालले जानकारी दिए। 

बाढपिहिरोका कारण १०० भन्दा बढी घरधुरी विस्थापित भएका छन्। दुहुँका पाँच बस्ती पुनःनिर्माण गर्नुपर्ने भएको छ। अर्बौैँ बराबरको सम्पत्ति क्षति भएको छ। पूरै बस्ती पुनःस्थापना गर्न अहिले गाउँपालिकाले सहयोगसमेत सङ्कलन गरिरहेको छ।

बैठकले गाउँपालिकालाई पुनःर्निमाण र पुनःस्थापना गर्न विशेष गाउँपालिका घोषणा गर्न प्रदेश तथा सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता डडालले जानकारी दिए। बाढीबाट क्षतविक्षत भएका सार्वजनिक संरचना पुनःनिर्माणका लागि प्रदेश तथा सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ।

बिजुली नहुँदा गाउँ अन्धकार 

सदरमुकाम नजिकै रहेको दार्चुलाको दुहुँ गाउँपालिका फेरि अन्धकारमय बनेको छ। यही भदौ १३ गते आएको बाढिपहिरोपछि गाउँपालिका अन्धकारमय बनेको हो। अहिले स्थानीयवासी पुनः सोलार र टुकीको भर पर्नुपरेको छ।
 
‘गाउँपालिकाभर रहेका पाँच वटा विद्युत् बाढीपहिराले बगाएपछि गाउँवासी अन्धकारमा बसेका छन्’, गाउँपालिका अध्यक्ष कार्कीले भने, ‘विद्युत् नहुँदा मोबाइल चार्ज गर्नै गाउँवासीलाई सास्ती छ।’

बाढीपहिरोका कारण कालागाड लघुजलविद्युत् हिकिला ४३ किलोवाट, कालागाड लघुजलविद्युत् ब्रह्मदेव दोस्रो ४५ किलोवाट, ब्रह्मदेव लघु जलविद्युत् ५० किलोवाट, भास्कर लघुजलविद्युत् पिपलचौरी भाडी ४० किलोवाट र सुत्खोला लघुजलविद्युत् १० किलोवाट पूर्णरूपमा ध्वस्त भएको अध्यक्ष कार्कीले बताए। 

विद्युत्को नाम निसाना मेटिएको छ। लघुजलविद्युत्ले गाउँपालिकाभरि विद्युत् पुगेको थियो। अहिले सबै ध्वस्त भएपछि गाउँपालिका २०औँ वर्ष विकासमा पछाडि धकेलिएको छ। विद्युत् बनाउन कति बजेट चाहिने हो हिसाब छैन। पूरै विद्युत्गृहदेखि प्रसारण लाइन सबैमा क्षति पुगेको छ। 

गाउँपालिकामा तत्काल राष्ट्रिय प्रसारण लाइन जोड्न विद्युत् प्राधिकरण दार्चुलालाई आग्रह गरिएको अध्यक्ष कार्कीले बताए। अहिले दुहुँ-१ पिपलचौरीमा मात्रै विद्युत्को पहुँच पुगेको प्रवक्ता डडालले बताए। वडा नं २ र वडा नं ३ का केही घरधुरीमा लाइन जोडिएको छ। बाढीपहिरोले विद्युत्का खम्बा, मेनलाइन सबै बगाएपछि विद्युत् जडानमा ढिलाइ भएको उनले बताए। अहिले प्राधिकरणले ठेक्कामार्फत काम गराए पनि सबै ठाउँमा तत्काल बत्ती पुग्ने सम्भावना नरहेको उनको भनाइ छ।

अहिले गाउँपालिकाको कुन कुन वडा र बस्तीसम्म विद्युत् लाइन विस्तार भए छ भन्नेबारे नेपाल विद्युत् प्राधिकरण दार्चुला भने अनविज्ञ छ। ‘अहिले मलाई कुन वडा र कहाँ बत्ती पुगेको छ भन्ने केही जानकारी छैन’, नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख पदमबहादुर बमले भने, ‘एक दुई वडामा ग्राहक बनेजस्तो लाग्छ, तर यकिन विवरण छैन।’ रासस

images

प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०१:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend