काठमाडौं- पोखरामा सञ्चालन भइरहेको सांग्रिला होटल (होटल सांग्रिला भिलेज प्रालि) को स्तरोन्नति हुने भएको छ। हाल ८९ बेडसहित सञ्चालनमा रहेको चारतारे होटल अनुमानित ३० करोड रुपैयाँको थप लागतमा १ सय ५९ बेडमा स्तरोन्नति हुन लागेको हो।
सन् १९९० देखि सञ्चालनमा रहेको होटल सांग्रिला भिलेज पोखरामा अहिले ६१ वटा रुममा ८९ वटा बेड छन्। यसलाई १ सय १ रुमसहित १ सय ५९ बेडमा स्तरोन्नति गर्न लागिएको हो।
होटलको क्षमता स्तरोन्नतिका लागि भन्दै वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट रायसुझावका लागि सार्वजनिक गरेको छ।
रिपोर्टमा क्षमता स्तरोन्नतिका लागि ४० कोठामा ७० बेड थप हुनेछ भने २ वटा भवन निर्माण हुनेछ।
यो होटल कोरोना महामारीपछि बन्द भएको थियो। अहिले स्तरोन्नति गर्दै सञ्चालनमा ल्याउन लागिएको हो।
होटलमा अहिले ७ वटा भवन छन् भने अब थप २ वटा थपिनेछन्।