बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बढेको बजारमा लाखौँ सेयर लगानीकर्तामाथि खेलबाड, सोमबार कारोबार गर्नबाटै वञ्चित

सोमबार, फागुन ३० २०७८
बढेको बजारमा लाखौँ सेयर लगानीकर्तामाथि खेलबाड, सोमबार कारोबार गर्नबाटै वञ्चित

काठमाडौं- प्रणाली कमजोर हुँदा सोमबार लाखौँ लगानीकर्ता कारोबार गर्नबाट वञ्चित भएको छन्। ब्रोकहरूको डाटा सेन्टरमा समस्या आएपछि सोमबार १२ः५३ देखि बन्द भएको कारोबार दिनभरी खुल्न सकेन। 

आइतबार १०१ अंकले बढेको सेयर बजार सोमबार पनि सुरुदेखि नै बजार बढ्न थालेको थियो। सोमबार कारोबार सुरू भएदेखि नै टीएमएसमा समस्या समेत देखिएको थियो। 

nepse 111.PNG

१ अर्ब ३४ करोड रुपैयाँ मात्रै कारोबार हुँदा टीएमएसमा समस्या आएर रोकिएको छ। ‘१६ वटा ब्रोकर कम्पनीको डाटा सेन्टर समस्या आएको हो,’ नेप्सेका प्रवक्ता मुरारी पराजुलीले भने। अहिले पनि काम भइरहेको तर समस्या समाधान नभएपछि अझै कारोबार हुन नसकेको पराजुलीले बताए। 

सोमबार दिनभर कारोबारमा समस्या आउँदा दोस्रो बजारमा कारोबार गर्ने १५ लाख लगानीकर्ता मारमा परेका छन्। अझै लामो समयदेखि घटिरहेको बजारमा लगानीकर्ता खरिदमा केन्द्रित भइरहेका थिए। यहि समयमा प्रणालीको समस्याले कारोबार दिनभर कारोबार गर्नबाट बञ्चित भए। 

चैतमा ब्याजदर नबढाउने वाणिज्य बैंकहरूको भद्र सहमतिले सेयर बजारमा समेत उभार आएको थियो। ब्याजदरसँगै चुनावले अर्थतन्त्र चलायमान गराउने संकेत तथा लगानी गर्ने क्षेत्र अन्यत्र कमजोर हुँदा सेयरमा पैसा आउन थालेकोले बजार बढेको विश्लेषकहरूले बताएका थिए। 

आइतबार बजार १०१.०७ अंकले बढेर २६६७.९७ बिन्दुमा पुगेको छ। लगातार घटिरहेको सेयर बजारको ओरालो लाग्ने गत साताको बिहीबारदेखि रोकिएको थियो। बिहीबार ५२ अंकले बढेको बजारमा यो साताको पहिलो दिन आइतबार झनै उछाल देखिएको हो। आइतबार ४ अर्ब ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ।


प्रकाशित : सोमबार, फागुन ३० २०७८११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend