शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

वीरगञ्जबाट विद्युतीय सवारीसाधन आयातमा उल्लेख्य वृद्धि, ६ महिनामा ४५६ वटा आयात

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, माघ १७ २०८२
वीरगञ्जबाट विद्युतीय सवारीसाधन आयातमा उल्लेख्य वृद्धि, ६ महिनामा ४५६ वटा आयात
फाइल तस्बिर

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा संख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३ सय ३२ वटाले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ८७ करोड ८४ लाख  रुपैयाँ राजस्व संकलन भएको छ।

पर्सा- चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्जबाट १ अर्ब ३६ करोड २९ लाख रुपैयाँबराबरका ४ सय ५६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्।

गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा संख्याको आधारमा विद्युतीय सवारीसाधनको आयात ३ सय ३२ वटाले बढेको छ। चालु आर्थिक वर्षको ६ महिनामा विद्युतीय सवारीसाधनको आयातबाट मात्रै ८७ करोड ८४ लाख  रुपैयाँ राजस्व संकलन भएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आर्थिक वर्षमा यो नाका हुँदै विद्युतीय सवारीसाधनको आयात बढेसँगै राजस्व संकलन पनि बढेको बताए।

गत आर्थिक वर्षको ६ महिनामा भने ३० करोड २६ लाख रुपैयाँको १ सय २४ वटा विद्युतबाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो। ती सवारीसाधनको आयातबाट २४ करोड २९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ९३ करोड रुपैयाँको इन्धनबाट चल्ने ४ सय ३४ वटा जीप, कार र भ्यान आयात भएको छ।

ती सवारीसाधनको आयातबाट २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको ६ महिनामा भने १ अर्ब १७ करोड रुपैयाँको ५ सय ९२ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएका थिए। गत आर्थिक वर्षको ६ महिनामा ती सवारीसाधनको आयातबाट ३ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। रासस

प्रकाशित : शनिबार, माघ १७ २०८२१५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend