काठमाडौं- फागुनको अन्तिम साता वाणिज्य बैंकहरुले २ अर्बले निक्षेप बढाएका छन्।
नेपाल बैंकर संघको तथ्यांक अनुसार फागुन २० देखि २७ गतेकोबीचमा २ अर्ब निक्षेप थप गरेका छन्।
यही अवधिमा ऋण भने १ अर्ब रुपैयाँ घटेको छ।
पछिल्लो साता स्थानीय मुद्राको निक्षेप एक अर्बले घटेपनि विदेशी मुद्राको निक्षेपमा सुधार हुँदै २ अर्ब बढेको छ। स्थानीय मुद्रामा ऋण प्रवाह ४ अर्बले बढेपनि विदेशी मुद्रामा प्रवाह हुने ऋण पाँच अर्बले घटेको छ।
समग्रमा पछिल्लो साता ऋण प्रवाह घटेको छ भने निक्षेप संकलन बढेको छ।