शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

हिमाली पदयात्रामा विदेशी पर्यटक बढे

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ३० २०७८
images
हिमाली पदयात्रामा विदेशी पर्यटक बढे
images
images

रसुवा- पछिल्लो समय रसुवाको हिमाली क्षेत्रमा पदयात्रा गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ। 

images
images
images

कोभिड-१९ सङ्क्रमण शून्यमा झरेसँगै लाङ्टाङ् र गोसाइँकुण्ड क्षेत्रमा पदयात्रा गर्न पर्यटक आउन थालेका छन्। होटल व्यवसाय सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेलका अनुसार दैनिक २०/२५ आन्तरिक र बाह्य पर्यटक गोसाइँकुण्ड पदयात्रा गर्न आउन  थालेका छन्। पर्यटनको आगमनसँगै यहाँको होटल व्यवसाय चलायमान भएको छ। 
  
चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ११ हजार ६१८ आन्तरिक र बाह्य पर्यटकले लाङ्टाङ् राष्ट्रिय निकुञ्जस्थित गोसाइँकुण्ड र लाङटाङको भ्रमण गरेका छन्। वसन्त र ग्रीष्म ऋतुमा पर्यटकको आगमन उल्लेखनीय रुपमा वृद्वि हुने विगतको तथ्याङ्कले देखाएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।
 
चालु आर्थिक वर्षको यस अवधिमा १० हजार ५ सय ३ आन्तरिक, १ सय १२ जना सार्क राष्ट्रका तथा १ हजार ३ अन्य देशका पर्यटकले भ्रमण गरेका छन्। धार्मिक पदमार्गअन्तर्गत तिवारी बगरदेखि चन्दनबारी, लौरिविनायक, गोसाइँकुण्डसम्म र लाङ्टाङ् पदमार्गको स्याफ्रुबेँसी हुँदै लाङ्टाङ क्याङ्जेन सम्मका पर्यटकीय पदमार्गका होटल सञ्चालनमा आएको गजुरेल बताउँछन्।

images
images

हिमाली पदयात्राका लागि आउनुभएका भारतीय यात्रु अमित पवार भन्छन्, 'जीवनमा एकपटक पुग्नैपर्ने तीर्थ भएकाले भगवानको दर्शन गर्न आएका हौँँ।' पर्यटकको आगमनसँगै पदमार्गका होटल व्यवसायी खाध्यान्न ढुवानीमा व्यस्त हुन थालेका छन्।

images
images

यस्तै गोसाइँकुण्ड पुग्ने यात्रुलाई खान बस्न सुविधा पुगोस् भन्ने उद्देश्यले लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयमार्फत अनुमति दिएका तीर्थस्थल नजिकैका चार होटल नियमित सञ्चालन गराउन आग्रह गरिएको छ। रासस


प्रकाशित : सोमबार, फागुन ३० २०७८०८:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend