बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

१६ ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आउँदा नेप्से कारोबार रोकियो

सोमबार, फागुन ३० २०७८
१६ ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आउँदा नेप्से कारोबार रोकियो

काठमाडौं- ब्रोकहरूको डाटा सेन्टरमा समस्या आएपछि नेप्सेमा कारोबार नै रोकिएको छ। कारोबार सुरू भएदेखि नै टिएमएसमा समस्या देखिएको थियो। दिउँसो १२ बजेर ५३ मिनेट जाँदादेखि नै समस्या देखिएको हो।

१ अर्ब ३४ करोड रुपैयाँ मात्रै कारोबार हुँदा टिएमएसमा समस्या आएर रोकिएको छ। ‘१६ वटा ब्रोकर कम्पनीको डाटा सेन्टर समस्या आएको हो’ नेप्सेका प्रवक्ता मुरारी पराजुलीले भने। समस्या आए पनि कारोबार समय थप्ने नथप्ने भन्ने विषयमा निर्णय नभएको पराजुलीले जानकारी दिए। 

ब्रोकरको डाटा सेन्टर रि-स्टार्ट गर्न लागिएकोले नेप्से पुन: सुरु हुन केहि समय लाग्ने उनले बताए। 


प्रकाशित : सोमबार, फागुन ३० २०७८०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend