शुक्रबार, वैशाख ५ गते २०८२    
शुक्रबार, वैशाख ५ २०८२
images
images

बंगलादेशको चटगाउँमा उडान भर्दै हिमालय एयरलाइन्स

images
सोमबार, फागुन ३० २०७८
images
बंगलादेशको चटगाउँमा उडान भर्दै हिमालय एयरलाइन्स
images
images

काठमाडौं (चैत, १)- अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्दै आएको स्वदेशी हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले नयाँ गन्तव्यमा उडान गर्ने भएको छ। हिमालयले बंगलादेशको चटगाउँमा उडान गर्ने तयारी गरेको छ।

images
images
images

एयरलाइन्सले उडानका लागि सबै प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। एयरलाइन्सले पछिल्लो सयम आक्रामक बजार विस्तार गर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा अहिले कतार एयरवेजपछि बढी यात्रुलाई सेवा दिनेमा हिमालय रहेको छ।

images
images

हिमालयले पछिल्लो समय नेपाल एयरलाइन्सले भन्दा बढी यात्रुलाई अन्तर्राष्ट्रिय सेवा दिँदै आएको छ। एयरलाइन्सले केही दिनबाटै बंगलादेशको चटगाउँमा उडान गर्न लागेको हो। एयरलाइन्सले अहिले बंगलादेशको ढाकामा समेत उडान गर्दै आएको छ।

images
images

नेपाल-चीन संयुक्त लगानीमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको निजी वायुसेवा कम्पनी हो। एउटा विमान र एउटा गन्तव्यबाट सेवा सुरुगरको एयरलाइन्सले चारवटा जहाज मार्फत अहिले सातवटा गन्तव्यमा उडान गरिरहेको छ।

एयरलाइन्सले आफ्नो पहिलो उडान २०१६को मे ३१ बाट सुरु गरेको छ। कतारको  दोहाबाट हिमालयले उडान सुरु गरेको थियो। अहिले हिमालयले युएई, मलेसिया, साउदी अरेबिया, बंगलादेश र चीनमा उडान गर्दै आएको छ। केही समय हिमालयले श्रीलंका र म्यानमारमा समेत उडान गरेको थियो।  हिमालयले अबुधाबी, दमाम, ढाका, दोहा, दुबई, क्वालालम्पुर र रियादमा उडान सेवा भर्दै आएको छ।

हिमालय एयरलाइन्ससँग अहिले १८० इकोनोमी क्लास सीट भएका तीन एयरबस ३२०-२१४ सिरिज र एक वटा ३१९-११५को एयरबस मार्फत सेवा दिँदै आएको छ।

व्यावसायिक रुपमा संचालन सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्सले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स् इन साउथ एशिया अन्तर्राष्ट्रिय अवार्ड समेत पाएको थियो।

अगष्ट २०२० मा हिमालय एयरलाइन्सले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस)सँग सम्बन्धित आईएसओ ९००१२०१५ हासिल गरेको थियो।


प्रकाशित : सोमबार, फागुन ३० २०७८०७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend