आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

अर्घाखाँची सिमेन्टले ल्यायो ५३ ग्रेडको उत्पादन 

सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारीमा कम्पनी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ३० २०७८
अर्घाखाँची सिमेन्टले ल्यायो ५३ ग्रेडको उत्पादन 

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारीकरुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीबितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ । 

काठमाडौं- अर्घाखाँची सिमेन्टले ५३ ग्रेडको सिमेन्ट बजारमा ल्याउने अनुमति पाएको छ। 

कम्पनीको अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत पाएको छ। 

नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारीकरुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीबितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ । 

'यसै वर्षको भदौ महिनामा ४३ ग्रेडको मान्यता प्राप्त गरेको हाम्रो उत्पादनलाई ५३ ग्रेडको प्रमाणीकरण पनि मिलेको छ । जसले आम उपभोक्ताहरुलाई अर्घाखाँची सिमेन्टको उत्पादन प्रयोग गर्न निश्चिन्त बनाएको छ' कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए। 

गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । 

क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट कम्पनीमध्येको एक हो । गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले  सर्वसाधारणका लागि सेयर जारी गर्ने तयारी पनि गरेको छ। 

 


प्रकाशित : सोमबार, फागुन ३० २०७८०७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend