शनिबार, साउन २ गते २०८३    
शनिबार, साउन २ २०८३

भन्सार दिवसको अवसरमा सीजी मोटर्स सम्मानित

मंगलबार, माघ १३ २०८२
भन्सार दिवसको अवसरमा सीजी मोटर्स सम्मानित

व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा ३ अर्ब २१ करोड राजस्व बुझाउने सीजी मोटर सप्लायर्स सम्मानित भएको हो।

काठमाडौं- ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस २०२६ को अवसरमा रसुवा भन्सार कार्यालय, टिमुरेले आयोजना गरेको विशेष कार्यक्रममा सीजी मोटर्स प्रा.लि. लाई भन्सार नियम तथा कानुनको पूर्ण पालना गर्दै नियमित रूपमा राजस्व संकलनमा योगदान पुर्‍याएको कदरस्वरूप कदर–पत्र प्रदान गरी सम्मानित गरिएको छ।

विश्व भन्सार संगठनद्वारा यस वर्षका लागि तय गरिएको नारा ‘सतर्कता र प्रतिबद्धतामार्फत समाजको संरक्षण गर्ने भन्सार’ लाई आत्मसात गर्दै आयोजित कार्यक्रममा विभिन्न सरकारी अधिकारी, भन्सार कर्मचारी, व्यवसायी तथा सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो।

व्यवसायीतर्फ विद्युतीय सवारीसाधन आयात गरी गत आवमा ३ अर्ब २१ करोड राजस्व बुझाउने सीजी मोटर सप्लायर्स तथा ७४ करोडबराबरको सामग्री निर्यात गर्ने फिन्जो सोनाम सप्लायर्स काठमाडौंलाई सम्मान गरिएको हो।

कार्यक्रमका क्रममा सीजी मोटर्स प्रा.लि.लाई भन्सार ऐन–नियमको पूर्ण पालना, पारदर्शी आयात तथा व्यापार प्रक्रिया, समयमै राजस्व भुक्तानी, तथा वैध र व्यवस्थित व्यापार प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो। रसुवा भन्सार कार्यालयले निजी क्षेत्रसँगको सहकार्यले वैध व्यापार प्रवर्द्धन, राजस्व वृद्धि र राष्ट्रिय आर्थिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरेको छ।

सम्मान ग्रहण गर्दै सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले उक्त सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै रसुवा भन्सार नाकासँग सहकार्य गर्ने अवसर प्राप्त भएकोमा आभार प्रकट गरे। उनले आगामी दिनहरूमा पनि सरकारी नियम, कानुन तथा भन्सार प्रक्रियाको पूर्ण पालना गर्दै जिम्मेवार र पारदर्शी व्यवसाय सञ्चालनमा निरन्तर प्रतिबद्ध रहने बताए।

चौधरी ग्रुप अन्तर्गत सञ्चालनमा रहेको सीजी मोटर्स प्रा.लि. नेपालको अग्रणी अटोमोबाइल कम्पनीका रूपमा स्थापित छ। कम्पनीले नयाँ तथा दिगो मोबिलिटी समाधानका सवारी साधनहरूको बिक्री-वितरण गर्दै आएको छ। विशेषगरी सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रवर्द्धनमार्फत सीजी मोटर्सले नेपाली अटोमोबाइल बजारमा नयाँ आयाम थप्दै आएको छ।


प्रकाशित : मंगलबार, माघ १३ २०८२१२:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend